विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण लैनचाैरस्थित सबस्टेसनकाे ६६/११ केभी ट्रान्स्फर्मरभित्र बिरालाे पसेर धूवाँ निस्केपछि अकस्मात विद्युत् आपूर्ति बन्द गरिएकाे थियाे । आज (पुष २७ गते) साझ ५:१० बजे सेवामा समस्या आए पनि प्राधिकरणले २० मिनेटमै आपूर्ति सुचारु गरेकाे प्राधिकरणले जनाएकाे छ ।

धूवाँ निस्केर आपूर्ति बन्द हुँदा त्यहाबाट सप्लाइ हुने फिडरहरू ठमेल, दरबारमार्ग, नारायणहिटी संग्रहालय, गैरीधारा मार्फत सप्लाइ हुने क्षेत्रहरू नक्साल, अख्तियार, प्रहरी मुख्यालय, बालुवाटार प्रधानमन्त्री, सभामुख निवासमा सेवा बन्द भएकाे थियाे । प्राधिकरणले प्राविधिक मर्मत टोली तुरुन्तै खटाइ भिभिआइपी क्षेत्रमा २० मिनेटभित्रै सेवा सुचारु गरेकाे प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । उनका अनुसार बाकी  क्षेत्रमा  ४५ मिनेटमै  लाइन जोडी सुचारु गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit