विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल र भारत उत्तर प्रदेश जोड्ने १३२ केभी मैनहिया–सम्पत्तिया प्रसारण लाइन निर्माणकाे काम आगामी (२०७९) असारभित्र पूरा हुने भएकाे छ । आयातित विद्युतलाई भरपर्दो र गुणस्तरीय पूर्वाधारमार्फत भित्र्याउने उदेश्यले निर्मित उक्त लाइनकाे करिब ६० प्रतिशत काम पूरा भएकाे नेपाल विदयुत प्राधिकरणले जानकारी दिएकाे छ । 

रुपन्देहीको मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण तिव्र गतिमा अघि बढेको छ । लाइनको ४४ वटा जग खन्ने काम सकिएको छ । पाँच वटा टावर खडा गरिएको छ । २८ किलोमिटर लामाे लाइनमा ९६ वटा टावर निर्माण गरिनेछ । लाइनका लागि आवश्यक उपकरण आयोजनास्थलमा आइसकेका छन् । लाइनमा पर्ने जग्गाको मुआब्जा निर्धारण भइसकेको छ ।

लाइनको आयोजनास्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले भ्रमण गरेको छ । टोलीले नेपाल र भारतबीचको विद्युत व्यापारका लागि यो लाइन महत्त्वपूर्ण रहेकोले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएको छ ।

अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोले अन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बनाउन १३२ केभी लाइन निर्माण गर्न लागिएको कार्यकारी निर्देशक घिसिङले बताए । ‘नेपाललाई आवश्यक परेमा आयात गर्न र यहाँ खपत गरी बढी भएको विद्युत उत्तर प्रदेशमा निर्यातका लागि यो लाइन महत्वपूर्ण छ’, उनले भने, ‘लाइन सम्पन्न भएपछि भारतको उत्तर प्रदेशसँग पनि १३२ केभीको प्रसारण पूर्वाधार तयार हुनेछ, यसबाट दुई मुलुकबीचको विद्युत व्यापार थप सहज र विस्तार हुनेछ ।’ 

करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकारको लगानी रहेको छ । मैनहिया सबस्टेसनबाट सुरु हुने प्रसारण लाइन भारतसँगको सीमा विन्दु मर्चवार (श्रीरामपुर) सम्म निर्माण गरिनेछ । 

भारततर्फ लाइन जोड्नका लागि सबस्टेसनमा दुई वटा बे र ३/४ वटा टावर निर्माण गर्नु पर्ने आयोजनाका प्रमुख हरि पाण्डेले बताए । उनका अनुसार उक्त कार्यका लागि नेपालले रकम उपलब्ध गराउने र भारतीय पक्षले काम गर्ने सहमति भएको छ ।

नेपाल र भारतबीचका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको २०७५ माघमा पोखरामा सम्पन्न छैटौं बैठकले भारतको उत्तर प्रदेश र नेपालबीच न्यू नौतनुवा–मैनहिया लाइन निर्माण गर्ने सहमति गरेको थियो । यसपछि २०७६ कात्तिकमा भारतको बैङलोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौं बैठकले प्रसारण लाइनलाई न्यू–नौतनुवा (सम्पत्तिया,भारत) सबस्टेसनमा जोड्ने निर्णय गरेको थियो ।

बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण ९५ प्रतिशत सकियाे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधीन १३२ केभी बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ ।

बुटवलदेखि लुम्बिनीसम्मको १८ किलोमिटर प्रसारण लाइनको काम करिब ९५ प्रतिशत सकिएको आयोजना प्रमुख हरि पाण्डेले बताए । उनका अनुसार ५५ वटा टावर निर्माण हुने उक्त आयोजनाको हालसम्म जम्मा १० किलोमिटर क्षेत्रमा मात्र तानिएको छ ।

प्राधिकरणले बुटवलको २ किलोमिटर बजार क्षेत्रमा भूमिगत लाइन विस्तार गर्ने जनाएको छ । प्रसारण लाइन जोडिने मैनहिया १३२÷३३ केभी सबस्टेसन (४५ एमभिए) मा दुई वटा पावर ट्रान्सफर्मर जडान गरिनेमा एउटा जडान गरिसकिएको छ ।

१६ एमभिए क्षमताको पावर ट्रान्सफर्मर अबको दुई महिनाभित्र निर्माणस्थलमा ल्याई प्रसारण लाइन तथा सबस्टेसनको सम्पूर्ण काम पूरा हुने पाण्डेको दाबी छ । प्रसारण लाइन तयार भइसकेपछि बुटवल एवम् लुम्बिनी क्षेत्रमा गुणस्तरीय  विद्युत प्रवाह हुने प्राधिकरणको विश्वास छ ।

जोगीकुटी (बुटवल) बाट मैनहियासम्म निर्माण हुने १८ किलोमिटर दूरीमा ५६ वटा टावर निर्माण हुने र ती मध्ये ५५ वटाको काम पूरा भएको छ । १० किलोमिटर तार तान्ने काम सकिएको प्रसारण लाइनको ९५ प्रतिशत निर्माण पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit