विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चाेकमा २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको शिवश्री हाइड्रो पावर कम्पनी लिमिटेडको घाटा साढे ३ करोड घटेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार कम्पनीकाे घाटा घटेको देखिएको हो ।  

तीन महिनाको अवधिमा ३ करोड ४८ लाख ३२ हजार २ सय ७१ रुपैयाँले घाटा घटेकाे कम्पनीले जनाएको छ । गत वर्ष १० करोड ३३ लाख ३० हजार ३ सय ७ रुपैयाँले घाटामा थियो । 

कम्पनीले यस अवधिमा २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत केन्द्रको  विद्युत बिक्री १५ करोड ५० लाख ३७ हजार ७ सय २२ रुपैयाँ आम्दानी गरेको छ । विद्युत बिक्रीबाट भएको आम्दानी गत वर्षको तुलनामा बढेको हो । गत वर्ष ४ करोड ३६ लाख ५६ हजार ६ सय ६६ रुपैयाँ आम्दानी गरेको थियो । 

माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाले २०७८ जेठ १ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ । २०६९ बाट सुरु भएको आयोजनाले २०७१ को जुरे पहिरो, २०७२ को भूकम्प, भारतीय नाकाबन्दी र वर्खामा आउने बाढीका कारण पटक पटक प्रभावित भएको थियो । 

आयोजनामा सिटिजन्स इन्टरनेशनल बैंकको अगुवाईमा ११ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । सुरुमा ४ अर्ब ४ करोड रुपैयाँमा आयोजना सम्पन्न हुने अनुमान गरिए पनि पटक–पटक प्राकृतिक मारमा परेका कारण लागत केही बढ्न पुगेको कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit