विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माण सुरु भएको झन्डै एक दशकभन्दा बढी समयदेखि कहिले काम सुचारु त कहिले बन्द हुँदै आएको सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनको निर्माण पूरा भएको छ । शनिबार (जेठ २२ गते) सिन्धुपाल्चोकको पिस्कर गाउँपालिकास्थित देउराली जलजलामा ९३ र ९४ नम्बरको अन्तिम टावरको काम सकिएको हो ।

डबल सर्किट निर्माण हुने यो प्रसारण लाइनको अहिले सिंगल सर्किटको काम पूरा भएको हो । यत्ति काम भए पनि त्यस क्षेत्रमा निर्माण पूरा भएका जलविद्युत् आयोजनाले बिजुली जोड्न पाउने भएका छन् । यो प्रसारण लाइन समयमा नसकिँदा २५ मेगावाटको सिंगटीको बिजुली खेर गइरहेको छ ।

तत्कालका लागि डबल सर्किट आवश्यक पर्ने हुँदा सिंगल सर्किटबाटै त्यस क्षेत्रमा निर्माण पूरा भएका र अन्तिम चरणका आयोजनाको बिजुली जोड्न सकिनेछ । अहिले सबैभन्दा बढी सिंगटीलाई नै समस्या भइरहेको छ ।

प्रसारण लाइनको तार तान्ने काम पूरा भएको अब करिब ८ किलोमिटर क्षेत्र (२५ वटा टावर) मा अर्थिङ अर्थात् ओपिजीडब्लूको काम गर्न बाँकी रहेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘हाम्रो र प्रवद्र्धकको दुई वटा टोलीले सँगै काम गर्ने कुरा भएको छ, हुँदै पनि आएको हो,’ उनले ऊर्जा खबरसँग भने, ‘सबस्टेसनमा पनि आधा दिन सट डाउन लिएर काम गर्दा सकिन्छ ।’

सबस्टेसनको वायरिङ र कमिसनिङ सकेर ढिलोमा जेठ मसान्तसम्म सिंगटी खोलाको बिजुली जोड्न सकिने शाक्यले बताए ।

सिंगल सर्किटको काम पूरा भएको हुँदा अब १५ दिनभित्र आयोजनाको बिजुली जोड्न सकिने सिंगटी हाइड्रो इनर्जी लिमिटेडका अध्यक्ष बटु लामिछानेले बताए । ‘१० वर्षदेखिको काम बल्ल सुरु भएको छ, यसमा हामीले पनि विद्युत् प्राधिकरणलाई निकै सहयोग गर्यौं,’ उनले भने, ‘स्थानीय राजनीतिक दलका नेता तथा प्रशासनको सहयोग र दबाबले काम पूरा हुन सक्यो ।’

प्राधिकरणले भारतीय कम्पनी अरावली इन्फ्रा पावरलाई ठेक्का दिएको प्रसारण लाइनको काम आर्थिक वर्ष २०६५/६६ देखि सुरु भएको थियो । निर्माण सुरु भएदेखि सकिँदासम्मको अवधि गणना गर्दा करिब १२ वर्ष पुगेको छ । प्राधिकरणले निर्माण गरेका वा गर्ने प्रसारण लाइन वा जलविद्युत् आयोजना पूरा गर्न कम्तीमा एक दशकभन्दा बढी समय लाग्दो रहेछ भन्ने यसले पनि पुष्टि गरेको छ ।

यो प्रसारण लाइन निर्माणमा प्राधिकरणसँगै सिंगटी खोलाको प्रवद्र्धक पनि लागि परेका थिए । स्थानीयबासीको समस्या सल्टाउन होस् वा प्रशासन र राजनीतिक दलका नेताहरूसँग समन्वय गर्न सिंगटी हाइड्रले निकै मिहिनेत गरेको लामिछानेले बताए । प्राधिकरणको मात्र भर पर्दा आयोजनाको बिजुली जोड् नपाइ झन् नोक्सान हुने हुँदा कम्पनीले पनि सहकार्य गरिरहेको उनले बताउँदै आएका थिए ।

यसअघि इलामको माई खोलामा सानिमा माई हाइड्रो पावर कम्पनीले निर्माण गरेको २२ मेगावाटको बिजुली जोड्न पनि प्रवद्र्धक आफैं खटिएका थिए । १३२ केभी काबेली कोरिडोरको गोदक–दमक खण्डको निमाृण सानिमा माई आफैं खटिएर पूरा भएको अवस्था थियो । सिंगटीमा पनि त्यो उदाहरण दोहोरिएको छ ।

यस्ता उदाहरण दोहोरिनु प्राधिकरण प्रसारण लाइन निर्माणमा संवेदनशीलन हुन नसक्नु, ठेकेदारलाई दबाब दिन नसक्नु र आफूले गर्नुपर्ने जिम्मेवारीप्रति जवाफदेही हुन नसकेको संकेत पनि हो । यद्यपि, प्रसारण लाइन निर्माणको पाटो आफैंमा अत्यन्त जटिल प्रक्रिया हो । एउटा प्रसारण लाइनको एउटा टावर गाड्न वा लाइन तान्न नै एउटा आयोजना पूरा गर्नु सरह हुने गरेको छ ।

दोलखाको सिंगटीदेखि सिन्धुपाल्चोकको लामोसाँघुसम्मको ४० किलोमिटर क्षेत्रमा १२४ वटा टावर निर्माण गरिएको छ । स्थानीयले जग्गाको मुआब्जामा झिक्दै आएको बखेडा र प्राधिकरणले यसलाई समयमै टुंग्याउन नसक्दा पनि लामो समयदेखि समस्या जटिल बनिरहेको थियो ।

प्रसारण लाइन निर्माण गर्न ४२ करोड रुपैयाँ र लामोसाँघुमा निर्माण हुने सबस्टेसनका लागि १७ करोड रुपैयाँमा अरावलीलाई ठेक्का दिइएको थियो । समयमा प्रसारण लाइन समयमा पूरा नहुँदा सिंगटी खोलाले बिजुली बेचेर हुने करिब ९० करोड आम्दानी गुमाएको कम्पनीले जनाएको छ ।

सुपर सिक्समध्येकाे याे आयाेजनाबाट वार्षिक १३ कराेड ३९ लाख युनिट (१३३.९३२ गिगावाट घन्टा) विद्युत् उत्पादन हुन्छ । यसबाट वर्षकाे ७२ कराेड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएकाे छ । वार्षिक ऊर्जा उत्पादन आकर्षक भएकाे हुँदा विद्युत् उत्पादन भएकाे पहिलाे वर्ष नै संस्थापक तथा सर्वसाधारण सेयरधनीलाई १० प्रतिशत लाभांश दिन सकिने कम्पनीले जनाएकाे छ ।

याे पनि पढ्नुहाेस् (थप समाचार)

प्रवर्द्धक आफैं कस्सिए प्रसारण लाइन निर्माणमा, एक महिनामा पूरा गर्न ‘टास्क फोर्स’

सिंगटी-लामोसाँघु प्रसारण लाइन असारसम्म धकेलियो 

एक दशकदेखि घिस्रिँदै आएको सिंगटी–लामोसाँघु प्रसारण लाइन पूरा हुँदै 

स्थानीयसँगै प्रजिअ नै निर्माणको बाधक, एमडी भन्छन् : एक महिनाभित्र सिंगटीको बिजुली जोडिन्छ

प्रवर्द्धक आफैं कस्सिए प्रसारण लाइन निर्माणमा, एक महिनामा पूरा गर्न ‘टास्क फोर्स’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit