विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले स्थानीय क्षेत्रका बासिन्दाका लागि साधारण सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले दोलखामा निर्माण भएको २५ मेगावाटको सिंगटी जलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको साधारण सेयरको बिक्री खुलाएको हो । 

आइतबार (आज) देखि आयोजना प्रभावित स्थानीयका लागि प्रतिकित्ता सय रुपैयाँमा अंकित १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता सेयर बिक्री खुल्ला गरिएको छ । कम्पनीका अनुसार स्थानीयले न्युनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सम्म आवेदन दिन पाउनेछन । 

कम्पनीको सेयर किन्न छिटोमा माघ १८ गतेसम्म र ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले सर्वसाधारणका लागि पनि २९ करोड रुपैयाँको २९ लाख कित्ता सेयर छुट्याइएको छ । प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि फागुनभित्र सेयर निष्कासन गरे कम्पनीको तयारी छ ।

स्थानीय र सर्वसाधारणका लागि छुट्याइएको सेयर स्वपुँजी लगानीको ३० प्रतिशत हो । सेयर निष्कासन तथा बाँडफाँड गर्न मेगा क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । 

कम्पनीले लगानी गरेको सिंगटी खोलाको निर्माण सम्पन्न भई परीक्षणसमेत सकिएको छ । १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन पूरा भइनसकेकाले आयोजनाको विद्युत प्रणालीमा जोडिन सकेको छैन । 

प्राधिकरणले माघभित्र प्रसारण लाइन निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएकाले अब चाँडै आयोजनाको विद्युत जोडिने सम्भावना बढेको कम्पनीले जनाएको छ । प्रसारण लाइन समस्याले ६ महिनादेखि सिंगटी प्रणालीमा जोडिन सकेको छैन ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit