विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं ।  रसुवागढी जलविद्युत आयोजनामा ५३ कर्मचारीका लागि राेजगारी खुलेकाे छ । आयोजनाकाे प्रवर्द्धक रसुवागढी हाइड्रो पावर कम्पनीले एक जना मेकानिकल इन्जिनियर तथा ठेकेदार चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पाेरेशनले ५२ जना कर्मचारी मागेकाे हाे । 

कम्पनीले अनुसार तह–७ का लागि १ जना मेकानिकल इन्जिनियर मागेकाे छ । मेकानिकल इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरेको योग्य व्यक्तिले आवेदन दिन सक्नेछन् । योग्यता पुगेको इच्छुक व्यक्तिले मेकानिकल इन्जिनियरिङमा स्नातक गरेको शैक्षिक प्रमाणपत्र र कार्यानुभव प्रमाणपत्रको प्रतिलिपिलगायत आवश्यक कागजातसहित माघ १९ गतेभित्र कम्पनीको कार्यालयमा आवेदन दिइसक्नुपर्नेछ ।

ठेकेदार कम्पनीले आयोजना व्यवस्थापक, लेखापाल, सुपरभाइजर, सिभिल तथा मेकानिकल वर्क्स हेर्ने प्राविधिक पद खाली रहेकाले करार सेवामा पदपूर्ति गर्न आवेदन खुलाइएको छ । ठेकेदार कम्पनीमा १ जना आयोजना व्यवस्थापक, १ जना लेखापाल, ५ जना सुपरभाइजर पदका लागि पनि आवेदन मागिएको छ ।

२५ जना सिभिल, १५ जना मेकानिकल र ५ जना उकपरण जडान गर्ने प्राविधिकको पनि पदपूर्ति गरिने भएको छ । यी पदका लागि इन्छुक योग्य व्यक्तिले आवश्यक कागजातसहित माघ ९ गतेभित्र आवेदन दिनुपर्नेछ । योग्यता पुगेर राम्रो कार्यानुभव भएका आवेदकले कम्पनीमा रोजगारीको अवसर पाउने छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit