विद्युत अपडेट

  • प्राधिकरण : ८८८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६६३३ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५५४० मे.वा.घन्टा
  • आयात : ८५७० मे.वा.घन्टा
  • निर्यात : ०० मे.वा.घन्टा
  • ट्रिपिङ : २५२० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२१४५ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १९०९ मे.वा.
२०८० जेठ २८, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर ऊर्जा दक्षता

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्राेल, डिजेल र मट्टीतेलकाे मूल्य समायोजन गरेको हो । 

निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्रका लागि पेट्रोल तथा डिजेल र मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर क्रमशः ११० र ९३ रुपैयाँ कायम  भएको निगमले जनाएको छ । निगमका अनुसार हवाई इन्धन तथा एलपी ग्यासको मूल्य हाललाई यथावत नै राखिएको छ ।

मूल्य समायोजन पश्चात पनि पेट्रोलमा प्रतिलिटर ५.३४, डिजेलमा प्रतिलिटर २.९६ घाटा रहेको छ ।अहिले एलपी ग्यासमा प्रतिसिलिन्डर १३४.७२ रुपैयाँ घाटा छ । 

अर्धवार्षिक रुपमा निगमलाई ४९ करोड ८८ लाख रुपैयाँ घाटा हुने र सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाटा व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने निगमले जनाएको छ । 

हालको मूल्य समायोजन पश्चात भारतीय सीमा रक्सौलसँग जोडिएको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२.२६ र डिजेल प्रतिलिटर ३७.६४ रुपैयाँले नेपालतर्फ सस्तो रहेको पनि निगमले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit