विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन नेपाल आयल निगमलाई हस्तान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएर अहिले सोही पाइपलाइनबाट मोतिहारीदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पदार्थ आयात भइरहेको छ ।

‘पाइपलाइनबाट नियमितरुपमा पेट्रोलियम पदार्थ आयात भइरहेको छ’, नेपाल आयाल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले भने, ‘पाइन लाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण काम पनि भइरहेको छ, त्यसका लागि भारतीय आयल निगमको प्राविधिक टोली फिल्डमै खटिरहेका छन् ।’

पाइपलाइनमा कुनै समस्या देखिएको खण्डमा तत्कालै मर्मत सम्भार भइरहेको छ, परीक्षणको कामसमेत सकिएकाले छिट्टै पाइपलाइन हस्तान्तरण गर्ने तयारी भइरहेको उनको भनाइ छ । दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा पाइपलाइनको उद्घाटन गर्ने वा कसरी हस्तान्तरण गर्ने विषयमा दुवै पक्षबीच छलफल भइरहेको प्रमुख आचार्यले बताए । यस्तै, बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम छिट्टै अघि बढाइने भएको छ ।

अमलेखगञ्जबाट लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइपलाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट डीपीआर निर्माणको काम अन्तिम चरणमा पुगेकाले अबको केही दिनभित्रै पाइपलाइन निर्माणको कामले तीव्रता लिने नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख आचार्यले बताए ।

‘डीपीआर निर्माणको काम अन्तिम चरणमा पुगेर पाइपलाइनको काम अघि बढाउन चितवनमा कार्यालयसमेत स्थापना भइसकेको छ’, प्रमुख आचार्यले भने, ‘अबको केही दिनभित्रै माटो सम्याउने कार्य पनि सुरु हुन्छ ।’ सुरु भएको तीन वर्षभित्र काम सकिने लक्ष्य रहेको उनको भनाइ छ ।

भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनको काम सकिएर पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात सुरु भएपछि अमलेखगञ्जबाट लोथरसम्म पाइपलाइनको काम सुरु गर्न लागिएको छ ।

चितवनको लोथरमा कुल २३ बिघा १२ कठ्ठा जग्गामा ग्रिनफिल्डसहितको एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्नसक्ने टनेल निर्माण गरिने प्रमुख आचार्यले बताए । नेपाल–भारतबीच ‘जीटुजी’ सम्झौतामार्फत निर्माण हुन लागेको अमलेखगञ्ज–लोथर पाइपलाइन विस्तारको काम भारतीय आयल निगमले गर्नेछ ।

यसैबीच अमलेखगञ्जस्थित आयल निगमको पेट्रोलियम पदार्थ लोडिङ गर्ने बईमा समस्या देखिएपछि भारतीय प्राविधिक टोलीले मर्मत गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३