विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएर समायोजन गरेको छ । निगमले गएराति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको  मूल्य बढाएर समायोजन गरेको हो । 

पेट्रोल, डिजेल र मट्टीतेलमा एकै पटक प्रतिलिटर ३ रुपैयाँ बढाएर मूल्य समायोजन गरेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले बताए । उनका अनुसार मूल्यबृद्धिपछि पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ । 

यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य पनि बढाएर समायोजन गरिएको उपाध्यायले जानकारी दिए । 

आन्तरिक हवाई इन्धनको मूल्य पनि लिटरमा १० रुपैयाँ बढाइएको छ । मूल्य समायोजनपछि आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय अमेरिकी डलर बढाएर १०९५ अमेरिकी डलर पुर्याइएको छ ।

भारतीय आल कर्पोरेशनले खाना पकाउने एलपि ग्यासमा प्रतिसिलिन्डर ८१.६२ रुपैयाँ मूल्य घटाएर पठाए पनि अझै प्रतिसिलिन्डर ५६०.९ रुपैयाँ घाटा रहेकाले यो पटक पुरानो मूल्यलाई यथावत राखेको निगमले जनाएको छ ।

यो मूल्य समायोजनपछि पनि २ सातामा २ अर्ब ६० करोड रुपैयाँ घाटा हुने निगमको दाबी छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १३.२३ रुपैयाँ बराबरको नोक्सानीले १५ दिनमा ४३ करोड रुपैयाँ घाटा थपिनेछ । डिजेलमा प्रतिलिटर ११.१३ रुपैयाँ घाटा हुँदा १ अर्ब १ करोड रुपैयाँको व्यायभार थपिनेछ ।  

मट्टीतेल, आन्तरिक र अन्तर्राट्रिय हवाई इन्धनमा भने नाफा छ । निगमको संचित रकम र अन्य दायित्वको सबै रकम पेट्रोलियम आयातमा खर्च भएपछि सरकारको मूल्यस्थिरिकरण कोषबाट १ अर्ब ८० करोड रुपैयाँ भारतीय आयन कर्पोरेशनलाई तिरेको थियो । घाटा बढ्दै गएकाले आवश्यक रकम जोहो गरी आपूर्ति व्यवस्थापन सहन बनाउन कठिनाई हुने देखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit