विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जगदुल्ला हाइड्रोपावर कम्पनीले १ सय ६ मेगावाटको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजना अघि बढाउन राय/सुझाव मागेको छ । कम्पनीले आयोजनाको निर्माण गर्दा पर्न सक्ने वातावरणीय प्रभावका सम्बन्धमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको हो ।

सम्बन्धित सरोकारवालालाई आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको वातारणमा पर्न  सक्ने प्रतिकुल प्रभावका सम्बन्धमा अबको १ साताभित्र कम्पनीको कार्यालय वा आयोजनाको परामर्शदाता एनइए इन्जिनियरिङ कम्पनीको कार्यालयमा प्राप्त हुने गरी राय /सुझाव पेश गर्न भनिएको छ ।अहिले आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन तयार गर्न स्थलगत अध्ययन भइरहेको कम्पनीले जनाएको छ ।

कर्णाली प्रदेशको डोल्पाामा पहिचान भएको आयोजनाको संरचना मुड्केचुला गाउँपालिका भएर बन्ने जगदुल्ला नदीमा निर्माण गरिनेछ । नदीमा २३ मिटर अग्लो बाँध निर्माण गर्ने गरी आयोजनाको डिजाइन तयार गरिएको छ । जगदुल्ला गाउँपालिकाकाे १ देखि ६ नम्बर वडा र मुड्केचुलाकाे ४ देखि ८ नम्बर वडा मुख्यरूपमा प्रभावित हुने कम्पनीले जनाएकाे छ ।

बाँध निर्माण हुँदा नदीमा करिब ४८ हजार २ सय ७६ वर्गमिटर क्षेत्रफलमा फैलिएको ४ लाख ६५ हजार ९ सय ७० घनमिटर क्षमताको जलाशय बन्नेछ ।  बाँधबाट करिब ६.१३५ किलोमिटर तल भूमिगत विद्युतगृह निर्माण हुनेछ ।

बाँधबाट सुरुङ हुँदै विद्युतगृहमा पुग्ने पानी ३ वटा टर्वाइनमा खसाली विद्युत उत्पादन गरिनेछ । विद्युत उत्पादन भई विद्युतगृहबाट निस्कने पानीलाई पुनः नदीमा छोड्न २ सय ६६ मिटर लामो निकास सुरुङ निर्माण हुने कम्पनीले जनाएको छ । आयोजनाको संरचनास्थलसम्म पुग्न ४५ किलोमिटर पहुँच सडक पनि निर्माण गर्नुपर्ने भएको छ ।

पानीको बहाब ६१५.३२ घनमिटर प्रतिसेकेन्ड रहने आयोजनाबाट वार्षिक ६१५.३२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत ४५ किलोमिटर लामो प्रसारण लाइन मार्फत नलगाड सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit