विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । श्रेष्ठ इनर्जी सोलुसन प्रालिले कास्कीमा १३ मेगावाटको अप्पर सेती–१ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले जिल्लाको पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा उक्त आयोजना निर्माण गर्न लागेको हो ।

कम्पनीले आयोजना निर्माण गर्न विद्युत विकास विभागमा आवेदन दिएको छ । कम्पनीका अनुसार विभागबाट स्वीकृत प्राप्त हुने लगतै आयोजना निर्माण प्रक्रियाकाे काम अघि बढाइनेछ ।

विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सरोकारवालासँग राय/सुझाव माग गरेको छ । विभागले ३५ दिने सूचना जारी गर्दै उक्त अवधिभित्र सुझाव दिन  माग गरेको हो ।

नदी प्रवाहीमा आधारित (रन अफ रिभर) प्रकारको आयोजनाको डिजाइन बहाव १५ घनमिटर प्रति सेकेन्ड र कुल हेड ११७.१५ मिटर हुने अध्ययनले देखाएको छ । आयोजनाबाट वार्षिक सरदर ८२.६२ गिागावाट घण्टा विद्युत उत्पादन हुनेछ । आयोजनको बाँधस्थल सेती नदीको बाँया किनारमा रहनेछ  विद्युत गृहमा जडित ५.१६५ क्षमताको ३ फेज जनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ ।

उत्पादित विद्युतलाई ३३ केभी प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको ३.५ किलोमिटरको दुरीमा रहेको लाहाचोक सबस्टेसनमा जोडिनेछ ।

यो आयोजनाबाट २०८२ सालबाट विद्युत उतपादन गर्ने लक्ष्य राखेको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, वायु प्रदुषण् आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit