images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गण्डकी प्रदेशको गोरखा जिल्लामा ४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले चुमनब्री गाउँपालिका पहिचान भएको आयोजना अघि बढाएको हो ।

कम्पनीले अघि बढाएको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन तयारीको क्रममा आयोजना प्रभावित स्थानीयसँग राय/सुझाव माग गरिएको छ । सम्बन्धित सरोकारवालालाई आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको वातावरणमा पर्न सक्ने प्रतिकुल प्रभावका सम्बन्धमा लिखित राय/सुझाव माग गरिएको छ ।

प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीमा  के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो क्षेत्रको नगरपालिका, गाउँपालिका, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला त्यक्ति वा संस्थासँग लिखित राय/सुझाव माग गरिएको छ ।
सम्बन्धित व्यक्तिले कम्पनीको कार्यालय वा परामर्शदाता कम्पनी चिलिमे इन्जिनियरीङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडको कार्यालयमा आगामी ७ दिनभित्र आइपुग्ने गरी आफ्नो सुझाव पठाउनुपर्नेछ ।

प्रस्तावित आयोजनाको वेयर र विद्युतगृह नदीको जलाधार क्षेत्रमा क्रम ५७०.१७ र ६४०.२८ वर्ग किलोमिटर रहेको छ । आयोजनाले चुमनुब्री गाउँपालिका वडा नम्बर ६ चुमलिङ नजिक ९ मिटर अग्लो र १५.५० मिटर लम्बाइको वेयर निर्माण गरी १३.५० घनमिटर प्रतिसेकेण्ड पानीको बहावलाई भुमिगत ग्रेभलट्रेप हुँदै भुमिगत बालुवा थिग्राउने पोखरीमा पुर्याउनेछ । र, सफा पानीलाई ५०३८ मिटर लामो सुरुङमार्फत भूमिगत सर्ज साफ्टमा पठाउने गरी डिजाइन गरिएको छ ।

उक्त पानीलाई लोक्पा नजिक निर्माण हुने भूमिगत विद्युतगृहमा खसाली ४५ मेगावाट विद्युत उत्पादन गर्ने कम्पनीको योजना छ । आयोजनाबाट उत्पादन भएको विद्युत १३२ केभी प्रसारण लाइन मार्फत ७ किलोमिटर दुरीमा निर्माण हुने नेपाल विद्युत प्राधिकरणको सबस्टेसनमा जोडिनेछ ।

यही कम्पनीले ८१ मेगावाट क्षमताको बुढीगण्डकी प्रोक, ९३ मेगावाटको बुढीगण्डकी, ८७ मेगावाटको सेतिनदी–३ जलविद्युत आयोजना अघि बढाएको छ । कम्पनीको २२.१ मेगावाटको चिलिमे जलविद्युत आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit