विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले ३३५ मेगावाटको हुम्ला कर्णाली–२ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवदेनमाथि सम्बन्धित सरोकारवालाहरूबाट राय–सुझाव माग गरेको छ । रु रु जलविद्युत् परियोजना लिमिटेडले निर्माणका लागि प्रस्ताव गरेको उक्त आयोजनाको इआइए प्रतिवेदन स्वीकृत गर्नुअघि मन्त्रालयले प्रतिवेदन सार्वजनिक गर्दै राय–सुझाव माग गरेको हो ।

प्रतिवेदन अनुसार आयोजनाको बाँध संरचना, त्यसका लागि आवश्यक कामदार शिविर, निर्माण सामग्री सङ्कलन स्थल, इन्टेक पोर्टल, जलाशय, अडिट सुरुङ जस्ता संरचना हुम्लाको खार्पूनाथ गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निर्माण गरिने छ । त्यस्तै, आयोजनाको विद्युत्‌गृह, सर्ज साफ्ट, अडिट–५, पेनस्टक, टेलरेस, विद्युत्‌गृहको शिविर, मक व्यवस्थापन स्थल जस्ता संरचना गाउँपालिकाको वडा नम्बर ४ र ६ मा निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

आयोजना अन्तर्गत ५४५ र ५४२ मिटर लम्बाइका दुई वटा नदी डाइभर्सन सुरुङ, ६२.५ मिटर अग्लो बाँध, १.३२ मिटर लामो सेटलिङ बेसिन, चार वटा इन्टेक, १२.७० मिटर लामो हेडरेस सुरुङ र एक सतही विद्युत् गृह निर्माण गरिने छ ।

आयोजनाबाट वार्षिक १७९४.७२ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाको इआइए मन्त्रालयको वेबसाइटमा प्रकाशित गरिएको र त्यसमाथि कुनै राय–सुझाव भए लिखित रूपमा ७ दिनभित्र पेस गर्न आह्वान गर्न विभागले बुधबार सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३