विद्युत अपडेट

  • प्राधिकरण : ५२५८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६२१० मे.वा.घन्टा
  • निजी क्षेत्र : २०९८० मे.वा.घन्टा
  • आयात : ७३७३ मे.वा.घन्टा
  • निर्यात : ६११ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ३९८२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०५८ मे.वा.
२०८२ चैत २०, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लमही इनर्जी लिमिटेडले दाङमा प्रवर्द्धन गर्न लागेको ३० मेगावाटको राप्ती दोभान सौर्य विद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि ३३ केभी प्रसारण लाइन निर्माण गरिने भएको छ । यसका लागि कम्पनीले अनुमति लिन विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढाएको छ ।

विभागको सूचना अनुसार लमही नगरपालिकामा निर्माण गरिने प्रसारण लाइनको कुल लम्बाइ ४.१८ किलोमिटर रहनेछ । आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको लमही सबस्टेसनसम्म निर्माण हुने यो लाइन ३३ हजार भोल्ट (डबल सर्किट) क्षमताको हुनेछ । यस लाइनमार्फत आयोजनाबाट उत्पादित ३० मेगावाटसम्म विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सकिने छ ।

प्रसारण लाइन अन्तर्गत कुल ७६ वटा पोलहरू रहने छन् । पोलको अधिकतम उचाइ १३ मिटर र दुई पोलबीचको दूरी औसत ६५ मिटर रहने छ ।आयोजना निर्माणका लागि कुल २.५०८ हेक्टर जमिन आवश्यक पर्नेछ, जसमध्ये पोल निर्माणका लागि ०.००४६१ हेक्टर र विद्युत् मार्गको क्षेत्राधिकार अन्तर्गत २.५००३ हेक्टर जमिन प्रयोग हुनेछ ।

विद्युत् नियमावली २०५० बमोजिम यस लाइनको क्षेत्राधिकार मध्य विन्दुबाट दायाँ र बायाँ ३/३ मिटर गरी कुल ६ मिटर कायम गरिने छ । कम्पनीले प्रसारण लाइनको निर्माण कार्य करिब २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

प्रसारण लाइन निर्माण गर्दा कसैलाई उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा ३५ दिनभित्र विभाग वा प्रवर्द्धन कम्पनीमा लिखित राय प्रतिक्रिया दिन आह्वान गर्दै विभागले बिहीबार सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३