images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तेस्रो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ आगामी चैत्र १८ देखि २० गतेसम्म हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा ‘नेपालको जलविद्युतको बजारीकरण’ भन्ने नाराका साथ एक्स्पो हुन लागेको हो ।  

हाइड्रो सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको विकसित पछिल्ला प्रविधिका बारेमा जानकारी गराउन, नेपालको जलविद्युतको लागि बजारको प्रवद्र्वन गर्न, देशभित्र विद्युत खपत बढाउने, विद्युत व्यापारको प्रवद्र्वन गर्ने, हाइड्रो पावर सम्बन्धी सरोकार राख्नेहरुलाई एकै छानामुनि भेला पारी यससम्बन्धी ज्ञान, सीप तथा प्रविधिको जानकारी दिन तथा विभिन्न मुलुकसँग हाइड्रो पावर परियोजना विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको हो ।

एक्स्पोबाट नेपालको जलविद्युतको बजार र व्यापार विस्तारका साथै भारतीय लगानीमा सहकार्यको थप अवसर उजागर हुने विश्वास इपानले लिएको छ । नेपालमा उर्जा उत्पादनको वर्तमान अवस्थालाई थप तीब्रता दिन सहयोग गर्ने, सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको राष्ट्रिय लक्ष्यमा महत्वपूर्ण योगदान दिने तथा जलविद्युत क्षेत्रको विकासमा बहुआयामिक योगदान पुर्याउने विस्वास गरिएको छ । यसैले हिमालयन हाइड्रो एक्स्पो २०२२ ले ऊर्जा क्षेत्रको विकासमा फरक महत्व र प्रभाव पार्ने अपेक्षा इपानले लिएको छ ।

नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहने गरि भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा एक्स्पो आयोजना हुनेछ । भारतीय राजदुतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका उर्जासम्बन्ध व्यक्ति तथा संस्थाका बिचमा पारस्परिक सहकार्यमा समेत सहजता आउने इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । 

३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा एक सय भन्दा बढी स्टल रहनेछन् । जलविद्युत प्रवद्र्वक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्वाइन उत्पादक लगानीकर्ता, बैंक, बिमा लगायत जलविद्युतमा नयाँ प्रविधि र सम्बन्धित विविध स्टल एक्स्पोमा रहने छन् । जसमा झण्डै ५० प्रतिशत विदेशी स्टल रहने इपानको अनुमान छ ।

स्वच्छ उर्जाको प्रवद्र्वनमा सहयोग पुर्याउन, नेपालमा विद्युतको खपत बढाउन र विद्युतीय सवारी साधनको प्रयोगमा अभिवृद्धि गर्ने हेतुले सोको प्रतिकस्वरुप नेपालको पहिलो फर्पिङ जलबिद्युत आयोजनामा एक्स्पो आयोजना स्थल भृकुटीमण्डपबाट विद्युतीय गाडीको र्याली गरिनेछ । सो अवसरमा विद्युतीय चार्जिङ स्टेशनको समेत उद्घाटन गरिने इपानले जनाएको छ ।

एक्स्पोमा नेपाल–भारत पावर कन्क्लेभको आयोजना गरिने भएको छ । यसमा नेपाल र भारतका विज्ञहरुले विद्युत उत्पादन, प्रसारण, प्रविधि र व्यापार सम्बन्धी चार बुदे विषयबस्तुमा छलफल गराउनुको साथै जलविद्युत सम्बन्धी अन्य बिषयमा कार्यपत्र प्रस्तुत गरिने छ ।

यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रो पावर रोबोथन (हाइड्रोकर्न २.०), ब्याटल रोबोट्स तथा हाइड्रो पावरको लाइभ डेमोन्स्ट्रेशन जस्ता कार्यक्रमहरु विशेष आकर्षणको रुपमा रहने इपानले जनाएको छ । विश्वकै पहिलो हाइड्रो पावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा समावेश गरिने इपानले उल्लेख गरेको छ ।

इपानका अनुसार एक्स्पोमा ड्रोन हाइड्रो पावर भिडियो मेकिङ कम्पिटिशन आकर्षणका रुपमा रहने छ । हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिनुका साथै हाइड्रो पावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोगका सम्बन्धमा एक्स्पोमा जानकारी दिने व्यवस्था गरिनेछ । यसका साथै एक्स्पो अवलोकनका लागि आउने इच्छुक अवलोकनकर्ताहरुलाई हेलिकप्टर मार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्था गरिनेछ ।

यसरी एक्स्पोले नयाँ प्रविधिका साथै सम्बन्धित पक्षको सहभागितामा नयाँ आयाम थप्न टेवा पुर्याउने विश्वास इपानको छ । एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit