images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ७ लाख सिंगल फेज विद्युत मिटर खरिद गर्न ठेक्का सम्झौता गरेको छ । प्राधिकरणले घरयासी उपभोक्तालाई सहज र सस्तो मिटर उपलब्ध गराउन भारतीय ठेकेदार कम्पनी जिनस पावर इन्फ्रास्ट्रकचर लिमिटेडसँग सम्झौता गरेको हो ।

घरयासी उपभोक्ताको घरमा जडान गर्ने गरी एकैपटक ७ लाख सिंगल फेज विद्युत मिटर खरिद गर्न सम्झौता गरिएको प्राधिकरणले जनाएको छ । सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट प्रबन्धक कोमल आचार्य र भारतीय कम्पनीका तर्फबाट प्रतिनधि पुनितले हस्ताक्षर गरे ।

सम्झौता अनुसार ठेकेदार कम्पनीले ठेक्का सम्झाैतामा हस्ताक्षर भएकाे मितिले ५ महिनाभित्र मिटर खरिद गरी प्राधिकरणलाई बुझाउनुपर्नेछ ।  अबकाे एक महिनाभित्र सिंगल फेज विद्युत  मिटर आउन सुरु गर्ने गरिने प्राधिकरणले जनाएको छ । मिटर खरिद गर्न ६४ लाख अमेरिकी डलर (करिब ७६ कराेड ८० लाख रुपैयाँ ) मा सम्झौता भएको छ । 

ग्राहकलाई सस्तो मूल्यमा गुणस्तरिय मिटर उपलब्ध गराउन सिंगल फेज विद्युत मिटर खरिद गर्न लागेको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक मनोज सिलवालले बताए । उनका अनुसार प्राधिकरणले खरिद मूल्यबाहेक कुनै अतिरक्ति मूल्य नलिई ग्राहकलाई सो मिटर उपलब्ध गराउनेछ । प्राधिकरणमा हरेक वर्ष करिब तीन लाख जना नयाँ ग्राहक थपिन्छन् ।  

अहिले पनि प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत रत्नपार्क र महाराजगन्ज वितरण केन्द्र अन्तर्गत ९० हजार ग्राहकको घरमा स्मार्ट विद्युत मिटर जडान कार्य भइरहेको छ । अहिलेसम्ममा यी वितरण केन्द्र अन्तर्गतका ६५ हजार बढी घरमा स्मार्ट विद्युत मिटर जडान भइसकेको छ । प्राधिकरणले स्मार्ट मिटर जडान गर्ने ग्राहकलाई एसएमएसबाट विद्युतको बिल पठाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit