विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन आयोजना ५० प्रतिशत पूरा भएको छ । लमजुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म पर्ने ६७ किलोमिटर लामो प्रसारण लाइनको आधा काम सकिएको हो ।

प्रसारण लाइनको १ सय ९२ मध्ये ३० वटाको जग हालेर सकिएको आयोजना प्रमुख चिरन्तनबिक्रम राणाले बताए । ‘प्रसारण लाइनको आधा जति काम सकियो,’ उनले ऊर्जा खबरसँग भने, ‘६ किलोमिटर प्रसारण लाइनको टावर ठड्याउँदैछौं ।’ 

उनले अहिले दोर्दी कोरिडोरमा निर्माणाधीन ४ जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने गरी प्रसारण लाइनको ६ किलोमिटर खण्डमा १७ वटा टावर खडा गर्नुपर्नेमा १० वटाको काम सम्पन्न भइसकेको बताए । दोर्दी कोरिडोरका आयोजनाको विद्युत किर्तीपुर सबस्टेसन हुँदै यही लाइनमार्फत मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रको स्वीचयार्डमा लगेर जोडिनेछ ।

दोर्दी कोरिडोरमा जेठभित्रै सम्पन्न हुने गरी १० किलोमिटर लामो १३२ केभी प्रसारण लाइन पनि निर्माणाधीन छ । दोर्दी कोरिडोरका आयोजनाको विद्युत खेर जान अवस्था आउन लागेकाले अहिले प्रसारण लाइनको यो खण्डलाई विशेष प्राथमिकता दिएर निर्माण गरिरहेको पनि उनले बताए । चैतभित्र सबै ठावर खडा गरेर तार तान्न सुरु गरिनेछ । जेठभित्र प्रसारण लाइनको ६ किलोमिटर खण्ड पूरा गरिसक्ने उनको दाबी छ ।

चिनको पिङ्गाओ कम्पनीले प्रसारण लाइनको काम गरिरहेको छ । अबको ९ महिनाभित्र प्रसारण लाइनको सबै काम सम्पन्न गरिसक्ने लक्ष्य छ । प्रसारण लाइनको प्रगति अझै बढी हुनुपर्ने भए पनि कोरोना महामारीका निर्माण प्रभावित हुँदा असर परेको राणाले बताए ।

प्रसारण लाइनको रुट पर्ने गोरखाको पालुङटारमा स्थानीय अवरोध छ । पालुङटारको बाह्रफिर्के, छापथ्रोक घुम्ती र धारापानीमा स्थानीयबासीले प्रसारण लाइनको रुट लैजाने नदिने भन्दै अवरोध गरेका छन् ।

‘स्थानीयले रुट बदल्नु भन्दै विरोध गर्छन् । हामीले छलफल र परामर्शबाट समस्याको समाधान गर्ने प्रयार गरिरहेका छौं । केही ठाउँको समस्या समाधान भयो । केही ठाउँमा अझै बाँकी छ । असारभित्र समाधान हुन्छ भन्ने अपेक्षा छ’ उनले भने ।

प्रसारण लाइन अन्तर्गत उदिपुर र भरतपुरमा २ वटा सबस्टेसन निर्माण भइरहेका छन् । प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न गर्न २ अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit