विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कोरोना (कोभिड–१९) महामारीको संक्रमण रोक्न विभिन्न जिल्लामा लगाइएको निशेधाज्ञाका कारण जलविद्युत आयोजनाको निर्माण सामाग्री ढुवानीमा समस्या देखिन थालेको छ । सरकारले निर्माण सामाग्री ढुवानी सहजताका लागि पास उपलब्ध नगराउँदा सिमेन्ट, रटलगायतका निर्माण सामाग्री बोकेका गाडी प्रहरीले ठाउँ–ठाउँमा रोकेपछि आयोजना स्थलसम्म पुर्याउन समस्या आउन थालेको हो ।

सरकारले निशेधाज्ञामा निर्माणाधीन जलविद्युत आयोजनाको काम नरोक्ने भने पनि सम्बन्धित निकायबीच समन्वय नहुँदा प्रहरीले निर्माण सामाग्री तथा उपकारण बोकेका गाडी रोकिरहेको छ ।  निर्माण सामाग्री बोकेका गाडी बाटोमै रोकिँदा निर्माणाधीन आयोजनाको काम प्रभावित हुन थालेको छ ।

सम्बन्धित निकायबाट पास नपाउँदा सिमेन्ट बोकेका गाडी राजधानीका विभिन्न स्थनामा रोकिएको माथिल्लो बलेफी ‘ए’ कजलविद्युत आयोजनाको प्रवर्द्धक बलेफी हाइड्रो पावर कम्पनीका सञ्चालक उमेश कसजुले बताए ।

‘निर्माण सामाग्री ढुवानी सहजताका लागि विद्युत विकास विभागमा कुरा राख्दा सम्बन्धित जिल्ला प्रसाशन कार्यालय जानु भनियो,’ उनले ऊर्जा खबरसँग भने, ‘जिल्ला प्रशासन कार्यालयले पनि यहाँबाट पास दिने व्यवस्था छैन भन्दै फर्काइदियो । अब कसरी निर्माण सामाग्री आयोजना स्थलसम्म पुर्याएर काम गर्नु ।’

उनले माथिल्लो बलेफी ‘ए’ को निर्माण सामाग्री बोकेका गाडी थानकोट, कोटेश्वर, बल्खुलगायत स्थानमा प्रहरीले रोकको बताए । दैनिक ४/५ वटा गाडी निर्माण सामाग्री लिएर आयोजना स्थल पुग्नु पर्ने भए पनि निशेधाज्ञा लागे यता पुर्याउन नसकेको उनले बताए ।

आयोजनाबाट जेठ मसान्तभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ । निर्माण सामाग्री ढुवानीमा आएको समस्याले यो तालिकामा विद्युत उत्पादन सुरु गर्ने सम्भावना कम हुँदै गएको कसजुले बताए ।

निर्माण सामाग्रीको ढुवानी रोकिँदा अहिले माथिल्लो बलेफी ‘ए’ को निर्माण प्रभावित भए पनि  निशेधाज्ञा लम्बिँदै जाँदा अन्य आयोजनाले समेत यो समस्या झेल्नुपर्ने अवस्था आउन लागेकाे प्रवर्द्धकहरू बताउँछन् ।

सरकारले पासको व्यवस्था नगरेकाले केही दिनमा निर्माणाधीन अधिकांश जलविद्युत आयोजनामा निर्माण सामाग्री अभावले काम प्रभावित हुने अवस्था आउन लागेको सानिमा हाइड्रो समूहका सञ्चालक सुवर्णदास श्रेष्ठले बताए । ‘अहिलेसम्म हाम्रा ३ वटै निर्माणाधीन आयोजनामा निर्माण सामाग्री अभाव भएको खबर आइहालेको त छैन,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, केही दिनमै यो समस्या नआउला भन्न सकिँदैन।’

उनले निर्माण सामाग्री ढुवानी सहजताका लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले नै उचित व्यवस्था गरिदिनु पर्ने बताए । गत वर्षकाे लकडाउन र निशेधाज्ञाले धेरै आयोजनाकाे विद्युत उत्पादन तालिका धकेलिएकाले याे वर्ष निर्माण सामाग्री ढुवानी सहज गराउने वातावरण सरकारले बनाइदिनु पर्ने बताए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का पदाधिकारीले पनि मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई भेटी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीको परिचयपत्रका आधारमा निर्माण सामाग्री बोकेका गाडीलाई निर्वाध आवत–जावत गर्न दिनुपर्ने माग राखेका छन् । मन्त्रीपरिषदले सम्बन्धित मन्त्रालयले नै पहल गर्न सक्ने जिम्मेवारी दिएकाले इपानले परिचयपत्रका आधारमा आवत–जावत गर्न दिनुपर्ने माग राखेको उपाध्यक्ष मोहनकुमार डाँगीले बताए ।

‘विद्युतलाई पनि अत्यावश्यक वस्तुको श्रेणीमा राखेर निर्माणाधीन आयोजनाको काम जारी राख्न निर्माण सामाग्री स्वतः ढुवानी गर्न पाउनु पर्छ भन्ने माग इपानले राखेको छ,’ उनले भने, ‘सचिव ज्यू भर्खरै मन्त्रालयमा आउनु भएकाले बुझेर निर्णय लिन्छु भन्नु भएको छ ।’ उनले निशेधाज्ञा सुरु हुनु अगावै इपानले निर्माण सामाग्री ढुवानीको सहजताका लागि पहल गरे पनि अझै निर्णय हुन नसकेको बताए ।

याे वर्ष निशेधाज्ञामा पनि कर्मचारी तथा कामदार निर्माणाधीन आयोजना स्थलमै रहेकाले निर्माण सामाग्री पुर्याउन सकेमा नियमित काम गर्न सकिने इपानले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit