विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेडले प्युठानमा सञ्चालन गरिरहेको १२ मेगावाटको झिमरुक जलविद्युत्गृह बैशाख १९ गतेदेखि एक साताका लागि बन्द गर्ने भएको छ । बाँध क्षेत्रको सिभिल संरचना मर्मत गर्नुपर्ने हुँदा नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा बन्द गर्न लागेको हो ।

कम्पनीले गत शुक्रबार १७ गते नै आपूर्ति बन्द गरेर मर्मत सुरु गर्ने तालिका बनाएको थियो । बन्द गरेर कामसमेत सुरु गरिएकोमा पानी परेर कफर ड्याम भत्काएपछि रोकिएको सञ्चालन प्रमुख प्रकाश श्रेष्ठले बताए । ‘प्राधिकरणसँग समन्वय गरिरहेका छौं, मिलेसम्म आजै वा भोलिबाट आपूर्ति बन्द गरेर काम सुरु गरिनेछ,’ उनले आइतबार ऊर्जा खबरसँग भने, ‘पानी परेकोले नियमित काम गर्न सकिन्छ/सकिँदैन भन्ने छ ।’

श्रेष्ठका अनुसार विद्युत्गृह सञ्चालनमा आएको करिब २२ वर्षपछि मर्मतका लागि बन्द (सट डाउन) गर्न लागिएको हो । आपूर्ति बन्द भएको बढीमा एक साताभित्र मर्मत गरेर नियमित सञ्चालन गर्ने योजना रहेको पनि उनले बताए । १२ मेगावाटको यो विद्युत्गृह अहिले करिब ३ मेगावाटमा चलिरहेको छ ।
बिपिसीले स्याङ्जामा ९.४ मेगावाटको आँधीखोला पनि सञ्चालन गर्दै आएको छ । उता लमजुङ सञ्चालन भइरहेको ४ मेगावाट खुदी, हिमाल पावर निर्माण गरेको ६० मेगावाटको खिम्तीमा समेत बिपिसीको संलग्नता छ ।

बिपिसीले प्राधिकरण जस्तै विद्युत् उत्पादनसँगे वितरणसमेत गर्दै अएके छ । निजी क्षेत्रमा विद्युत उत्पादन तथा वितरण गर्ने बिपिसी एउटा मात्र कम्पनी हो । तिनहुँ, झिमरुक, आँधीखोला तथा खुदीबाट उत्पादित विद्युत बिपिसी आफैंले वितरण गर्दै आएको छ ।

बिपिसीले पश्चिमका चार जिल्ला ९स्याङ्जा, पाल्पा, अर्घाखाँची र प्युठान० मा विद्युत वितरण गर्ने गरेको छ । यी जिल्लामा बिपिसीबाट विद्युत उपभोग गर्ने करिब ३६ हजार ग्राहक छन् । स्याङ्जाको गल्याङ र प्युठानको दारिमचौर सबस्टेसनबाट विद्युत वितरण हुँदै आएको छ ।

गल्याङबाट २ नगरपालिका सहित ४ दर्जन गाउँपालिकामा विद्युत वितरण हुँदै आएको छ । यस्तै, झिमरुक आयोजना सञ्चालन भइरहेको प्युठानमा ७ हजार ८ सय ग्राहकलाई सोझै विद्युत वितरण गरिएको छ । बाँकी ग्राहकलाई स्थानीय सामुदायिक संस्थामार्फत सेवा पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit