विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । धादिङमा ४.७२ मेगावाटको लापखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । जिल्लाको रुबी भ्याली गाँउपालिका–५ मा रहेको लापाखोलाको पानीलाई उपयोग गर्दै हार्मोनी इनिसिएटिभ्स् प्रालिले आयोजना निर्माण गर्न लागेको हो । नदी प्रवाहमा आधारित उक्त जलविद्युत् आयोजना निर्माणका लागि कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिएको छ ।

आयोजनाबाट वार्षिक सरदर २७.३३ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । उत्पादन भएको विद्युत्लाई  ३३ केभीको प्रसारण लाइन मार्फत १० किलोमिटरको दूरीमा रहेको बोराङ्ग सबस्टेशनमा जोडिने छ ।

आयोजनाको सम्पूर्ण संरचनाहरू रुबीभ्याली गाँउपालिका–५ मा अवस्थित लापाखोलाको दायाँ किनारामा रहने छ । कम्पनीले आयोजना निर्माण सुरु भएको २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण (आइइई) प्रतिवेदन तयार भइसकेको आयोजनाको निर्माण गर्दा उल्लेखनीय वातावरण प्रभाव पार्ने भए ३५ दिनभित्र लिखित राय, सुझाव तथा प्रतिक्रिया पेश गर्न आग्रह गर्दै विभागले शुक्रबार सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३