विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २५.४ मेगावाटको सुपर आँखुखोला जलविद्युत आयोजना निर्माणको ठेक्का प्रधान–पगोडा जेभीले पाएको छ । धादिङमा निर्माण हुने आयोजनाको सिभिल ठेक्का नेपालकै प्रधान र पगोडा कम्पनीलाई संयुक्तरूपमा दिइएको हो ।

आयोजनाको प्रवद्र्धक गोरक्ष हाइड्रो पावर कम्पनी र ठेकेदार कम्पनीबीच मंगलबार ठेक्का सम्झौता भएको छ । ठेक्का सम्झौताअनुसार ठेकेदार कम्पनीले आयोजनाको सिभिलतर्फको काम अबको ३६ महिनामा पूरा गर्ने कम्पनीका कार्यकारी निर्देशक रघुनाथ पुरीले बताए ।

‘जेठदेखि हाम्रो आयोजना निर्माणमा जाँदैछ,’ उनले ऊर्जा खबरसँग भने, ‘ठेक्का सम्झौता भइसकेकाले अब आयोजना स्थलमा परिचालन गर्छौं ।’ सिभिलपछि अब हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको ठेकेदार छनोट प्रक्रिया पनि चाँडै टुङ्ग्याउने उनले बताए । 

उनले आयोजनाको संरचनाको काम सुरु गर्नुअघि अहिले पहुँच सडक निर्माण भइरहेको बताए । यसअघि गत फागुनदेखि नै आयोजनाको काम सुरु गर्ने भनिए पनि पहुँच सडक निर्माण गर्न जग्गा प्राप्तिमा समय लागेकाले जेठमा पुगेको हो ।

आयोजना सम्पन्न हुँदा ४ अर्ब ५६ करोड रुपैयाँ खर्च हुने अनुमान छ । यो आयोजना निर्माण गर्न वित्तीय व्यवस्थापन भइसकेको छ । आयोजनामा प्रभु बैंकको अगुवाईमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ३ अर्ब ४२ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । १ अर्ब १४ करोड रुपैयाँ स्वपुँजी लगानी हुनेछ ।

यो आयोजना २०८० सालभित्र सम्पन्न गरेर विद्युत उत्पादन गर्ने तालिका भए पनि कोरोना महामारीका कारण १ वर्ष ढिलो गरी २०८१ सालभित्र सम्पन्न गरिने भएको छ ।आयोजना सम्पन्न भएपछि बोराङ सबस्टेसनमा जोडिनेछ ।

यसअघि २२० केभी त्रिशूली–३ ‘बी’ सबस्टेसनमा जोडिने गरी नेपाल विद्युत प्राधिकरणसँग प्रसारण सम्झौता गरिएको भए पनि विद्युतगृह नजिकै बोराङ सबस्टेसन बन्न लागेकाले यहीं जोडिने कम्पनीले जनाएको छ । आयोजनाबाट वार्षिक १३९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit