विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ५, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बीमा नगर्दासम्म पछि लागेर हैरान पार्ने, गरेपछि चासाे कम दिने र अवधि पूरा भएपछि बिमितले पाउनुपर्ने रकम दिन सधैँ इन्कार गर्ने इन्स्याेरेन्स कम्पनीहरूकाे पुरानै राेग हाे । ती कम्पनीहरूले व्यक्ति, सवारी साधन तथा अावासमा त यस्ताे हर्कत गर्दै अाएका थिए । अब हुँदा-हुँदा त्याे हर्कत जलविद्युत् अायाेजनामा समेत देखिएकाे छ ।

पछिल्लाे समय म्याग्दीमा निर्माण भइ सञ्चालनमा अाएकाे १३.६ मेगावाटको थापाखोला जलविद्युत आयोजनाले बीमा कम्पनीकाे यातना खेपिरहेकाे छ । बाढीले बाँध लगायत क्षेत्रका संरचनामा क्षति पुगेपछि प्रवर्द्धक माउन्ट कैलाश इनर्जी कम्पनीले यसकाे पुनःसंरचना गर्याे । निर्माणका क्रममा बीमा गरिएकाे संरचनाकाे पुनःनिर्माणपछि भुक्तानी दिन नेपाल इन्स्योरेन्स कम्पनीले अटेर गर्दै अाएकाे छ ।

क्षतिग्रस्त संरचनाको अध्ययनपछि दाबी गरेको बीमा रकम ३ वर्ष पुग्न लाग्दासम्म पाउन नसकेको आयोजना प्रवर्द्धक कम्पनीका अध्यक्ष भरत खड्काले बताए । ‘अध्ययन समितिले दिएको प्रतिवेदनका आधारमा हामीले उहिले नै बीमा दाबीको रकम पाइसक्नुपर्ने हो,’ उनले अाइतबार ऊर्जा खबरसँग भने, ‘पटक–पटक ताकेता गर्दा पनि इन्स्याेरेन्स कम्पनीले बीमाकाे रकम दिँदैन । हामी ठूलाे अन्यायमा परेका छाैं ।’

इन्स्योरेन्सले दाबी रकम भुक्तानी नदिएपछि प्रवर्द्धक कम्पनी सहजीकरण गरिदिन भन्दै बीमा समितिमा पुगेको थियो । समितिको निर्देशनपछि पनि इन्स्योरेन्स कम्पनीले रकम भुक्तानी नदिएको खड्काले गुनासो गरे ।

समितिले अध्ययनकर्ताको प्रतिवेदनका आधारमा प्रवर्द्धक कम्पनीको पक्षमा निर्णय गर्दै रकम भुक्तानी गर्न निर्देशन दिएको थियो । ‘बीमा समितिले हामीलाई र इन्स्योरेन्स कम्पनीका प्रतिनिधीलाई बोलाएर अध्ययन प्रतिवेदनका सम्बन्धमा बुझ्यो । प्रतिवेदनका आधारमा हाम्रो कम्पनीले गरेको दाबीलाई सही ठहर गर्दै रकम भुक्तानी गर्न निर्देशन दियो तर आजसम्म हामीले रकम पाउन सकेका छैनौं,’ उनले भने ।

बीमा समितिको निर्देशनको पालना नगरेको इन्स्योरेन्स कम्पनी अहिले पाटन उच्च अदातल पुगेको छ । कम्पनीले माउन्ट कैलाशलाई बिपक्षी बनाएर अदालतमा मुद्दा दायर गरेको खड्काले बताए । २०७५ साल साउन २६ गते आएको बढीले आयोजनाको संरचनामा क्षति पुर्याएको थियो । अहिले आयोजनाको पुनर्निर्माण भई सञ्चालनमा आइसकेको छ ।

क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरेर उत्पादन सुचारु गर्न ६ महिनाभन्दा बढी समय लागेको थियो । बाढीले संरचनामा क्षति पुर्याउँदा ३५ करोड रुपैयाँ बराबरको क्षति भएको थियो । आंशिक विद्युत उत्पादन गर्दै आएकाे आयोजना गत चैत २ गतेदेखि दाना सबस्टेसनमा जाेडिएकाे छ । दानामा जाेडिएपछि आयोजना पूर्ण क्षमतामा चल्न थालेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit