images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रभावित स्यानीयले अप्पर स्याङ्गे हाइड्रो पावर लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन । कम्पनीले जेठ १ गते निष्कासन गरेको सेयर गरेको अवधि आज साझ ५ बजेबाट सकिन लागेको हो । 

जारी पूँजी २२ करोड मध्येको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ रकम बराबरको सय रुपैयाँ अंकित २ लाख २० हजार कित्ता सेयर निष्कासन गरेकोे कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिका (साविक घनपोखरा गाविस वडा नम्बर १ र २  खुदी गाविस वडा नम्बर ३, ताघ्रिङ गाविस वडा नम्बर ४, घरेमु गाविस वडा नम्बर ५, बाहुन डाँडाँ गाविस वडा नम्बर ६, भुलभुले गाविस वडा नम्बर ७ र ८ र सिमपानी गाविस वडा नम्बर ९ का बासिन्दाहरूका लागि निष्कासन गरेका थिए ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको लमजुङमा २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माणधीन छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit