विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । न्यादी हाइड्रोपावरको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत १५ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।

कम्पनीले लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याइएको २२ करोड ५० लाख रुपैयाँ मूल्यको सेयरको बिक्री खुल्ला गरेको हो ।

निष्कासन भएको साधारण सेयरको ५ प्रतिशत हुन आउने १ लाख १२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि तथा २ प्रतिशत हुन आउने ४५ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको छ । बाँकी  २० लाख ९२ हजार  ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सेयर निष्कासन तथा बाँडफाँडका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

पहिलो चरणमा स्थानीयबासीका लागि १८ करोड रुपैयाँ मूल्यको १८ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिएको छ । सेयर भर्ने सबै स्थानीयबासीले कम्पनीको सेयर पाएका छन् ।

यो बुटवल पावर कम्पनी (बिपिसी) को सहायक कम्पनी हो । कम्पनीले लगानी गरेको न्यादी जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छ । सिभिल संरचना निर्माण कार्य पूरा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit