विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । व्यावसायिक बैंकिङको प्रवर्द्धन, ऊर्जा क्षेत्रमा लगानी विस्तार र हरित अर्थतन्त्रलाई बढावा दिँदै आएको एनएमबी बैंक लिमिटेडले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न ठाउँमा सुधारिएको चुलो वितरण गरेको छ ।

बैंकले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाइजेशन (एसएनभी) को ‘नतिजामा आधारित लगानी’ परियोजना अन्तर्गत ५,७२८ सुधारिएको चुलो वितरण गरेको हो । बैंकले परियोजनासँग मिलेर त्यसका लागि कोष व्यवस्थापकको भूमिकामा काम गरेको थियो ।

बैंकको लघुबित्त विभागले एसएनभीसँग सहकार्य गरेर उक्त परियोजनामा कार्य गरिरहेको छ भने अन्य परियोजनाहरूसँग सहकार्य गरेर सेवा प्रदान गर्दै आइरहेको छ । यस परियोजनाले दाउराको खपत घटाएर वन संरक्षणमा मद्दत पुग्ने, महिलाहरूले भान्छाको लागि गर्नुपर्ने कठिनाईमा कमी ल्याउने उद्देश्यसहित काम गरिरहेको छ ।

यसैगरी, वायु प्रदूषणमा समेत नियन्त्रण भई समग्र आगलागीको खतरा तथा भान्छाको प्रदूषणका कारण स्वास्थ्यमा आउने रोग तथा विकारहरूमा समेत कमी हुने विश्वास लिइएको छ ।

एनएमबी दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दिइयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ लागि उक्त पत्रिकाद्वारा नेपालकै उत्कृष्ट बैंकको उपाधिी प्राप्त गरिसकेकको छ । बैंकले हाल देशभरि २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit