विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको चौंथो युनिट पनि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजनाको चौंथो युनिटको विद्युत सोमबार दिउँसोबाट प्रणालीमा थपिएको हो ।

सबै चरणको आन्तरिक परीक्षण पूरा गरी यो युनिट प्रसारण प्रणालीमा जोडेको आयोजनाको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । उनका अनुसार  परीक्षण उत्पादन थालिएको युनिट पूर्ण क्षमतामा चल्न अझै २ देखि ३ दिन लाग्नेछ ।

‘पहिलो, दोस्रो र तेस्रो युनिटपछि चौंथो युनिट पनि प्रणालीमा आएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अब बाँकी रहेका २ युनिट पनि २ साताको फरकमा प्रणालीमा ल्याउने गरी काम गरिरहेका छौं ।’ उनले चौंथो युनिट पूर्ण क्षमतामा सञ्चालन हुन थालेपछि  आयोजनाले ३०४ मेगावाट विद्युत उत्पादन गर्ने  बताए ।

गत असार २१ गते आयोजनाको पहिलो युनिट प्रसारण प्रणालीमा जोडिएको थियो । पहिलो युनिटबाट उत्पादन सुरु भएको एक सातापछि नै असार २९ गते दोस्रो युनिट पनि सञ्चालनमा आएको थियो । तेस्रो युनिट साउन८ गतेदेखि सञ्चालनमा आएको हो ।

पाँचौं युनिटबाट बढीमा अबको २ सातामा उत्पादन सुरु गर्ने योजना छ । भदौसम्ममा ६ वटै युनिटबाट ४५६ मेगावाट विद्युत उत्पादन गरिने कम्पनीले जनाएको छ । आयोजनाको विद्युतगृहमा ७६ मेगावाटका ६ वटा उत्पादन युनिट छन् ।

सञ्चालनमा आइसकेका युनिटको विद्युत गोंगरस्थित विद्युतगृहदेखि ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसन पुर्याइएको छ । त्यहाँबाट खिम्ती(ढल्केबर प्रसारण लाइनबाट ढल्केबरस्थित ४००/२२० केभी सबस्टेसनमा पुर्याएको छ ।

आयोजनाले सबैभन्दा सुख्खा समयमा दैनिक कम्तीमा ४ घन्टा पूर्ण क्षमता (४५६ मेगावाट) उत्पादन गर्नेछ । रोल्वालिङ खोलाको पानी मिसाएर उत्पादन बढाउने योजना पनि कार्यान्वयन भइरहेको छ । 

यसो हुँदा विद्युत्को उच्च माग हुँदा दैनिक ४ घन्टा पूर्ण क्षमतामा उत्पादन हुने आयोजनाले जानकारी दिएको छ । यो आयोजनाबाट वार्षिक औसत २ अर्ब २८ करोड १० लाख युनिट उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit