विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाबाट अबको १ महिनामा विद्युत उत्पादन सुरु हुने भएको छ । निर्माण अन्तिम चरणमा पुगेको आयोजनाबाट दशैंअघि नै विद्युत उत्पादन सुरु गर्ने तयारी भइरहेको हो ।

आयोजनाबाट गत जेठदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरका कारण निर्माण सामाग्री ढुवानी तथा कामदार अभावले उत्पादन धकेलिन पुगेको हो । आयोजनामा कार्यरत कर्मचारी तथा कामदार नै कोरोना संक्रमित भएकाले पनि निर्माण प्रभावित हुन पुगेको थियो ।

आयोजनाको संरचना निर्माणको सबै काम सम्पन्न भइसहेको प्रवर्द्धक बलेफी हाइड्रो पावर कम्पनीका सञ्चालक उमेश कसजुले बताए । ‘आयोजनाको संरचना बनाउने काम सकिएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले अन्तिम चरणको फिनिसिङको काम चलिरहेको छ । विद्युतगृह नजिकै स्वीचयार्ड बनाउने काम पनि सकिन लागेको छ ।’

उनले बढीमा १ महिनामा आयोजनाबाट परीक्षण उत्पादन सुरु गर्न सकिने बताए ।दशैंअघि नै आयोजनाबाट परीक्षण उत्पादन सुरु गर्नका लागि नेपाल विद्युत प्राधिकरणलाई प्राविधिक टोली तयार गर्न भनी पत्राचारसमेत गरिसकेको पनि उनले बताए । १५ दिनको परीक्षण उत्पादनपछि आयोजनाले व्यापारिक उत्पादन सुरु गर्नेछ ।

आयोजनाबाट उत्पादन हुने विद्युत २२ किलोमिटर दुरीमा रहेको लामोसाँघु सबस्टेसनमा जोडिनेछ । आयोजनाको विद्युतगृहमा १२ मेगावाटका ३ वटा उत्पादन युनिट छन् ।

लामोसाँघुसम्मको प्रसारण लाइन आयोजनाको प्रवर्द्धक कम्पनीले निर्माण छ । आयोजना सम्पन्न गर्न ७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी रहेको आयोजनामा ५ बैंकले ऋण दिएका छन् ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit