विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कर्णाली प्रदेशका विभिन्न जिल्लामा पहिचान भएका करिब १० हजार मेगावाटका जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा छन् । निजी ऊर्जा उत्पादक तथा सरकारी निकायले पहिचान गरी यी आयोजनाको निर्माण प्रक्रिया अघि बढाएका हुन् ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, कर्णालीले सार्वजनिक गरेको तथ्यांकअनुसार कर्णालीमा विद्युत् उत्पादन क्षमता २० हजार मेगावाट रहेको मन्त्रालय, योजना महाशाखा प्रमुख गोपाल शर्माले बताए । कर्णालीमा ऊर्जा उत्पादनको अवस्था १६.५४ मेगावाट छ ।

सानाठूला गरेर अहिले ७० आयोजना निर्माणको चरणमा छन् । निर्माणाधीन आयोजनाबाट ९२४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

अहिले यो प्रदेशमा ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँच पुगको मन्त्रालयले जनाएको छ । ‘प्रदेशका ३ लाख ७ हजार ८ सय ७२ घरधुरीमा विद्युतीकरण गरिएको छ,’ उनले भने, ‘जसमध्ये राष्ट्रिय प्रसारण लाइनबाट २ लाख ४६ हजार १ सय ३१ घरधुरीमा विद्युतीकरण भएको र बाँकी ६१ हजार ७ सय ४१ मा अन्य नवीकरणीय ऊर्जाबाट विद्युतीकरण गरिएको छ ।’

प्रदेशभर ६३ हजार ३ सय ९३ घरधुरीमा विद्युतीकरण हुन बाँकी छ । दुई वर्षभित्र कर्णालीका सम्पूर्ण घरधुरीमा विद्युतीकरण गर्ने लक्ष्य सरकारले लिएको भन्दै उनले सोही लक्ष्य प्राप्तीका लागि काम भइरहेको बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्षभित्र कर्णालीलाई विद्युतीकरण गर्ने लक्ष्य प्राप्तीका लागि कार्ययोजना बनाएर काम गर्न नेपाल विद्युत् प्राधिकरण, कर्णाली प्रदेशलाई निर्देशन दिएका छन् । विद्युत् नपुग्ने ठाउँमा सोलार सिस्टमबाट विद्युतीकरण गर्ने योजना रहेको भन्दै त्यसको पनि तथ्यांक संकलनको काम भइरहेको पनि उनले जानकारी दिए ।

१३२ केभी प्रसारण लाइन निर्माणको काम सुरु भएकोले भेरी र कर्णाली कोरिडोरमा सजिलै विद्युतीकरणको काम हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit