विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपिसी) ले आफ्नो स्थापनाको २५औं वर्षगाँठ मनाएको छ । यस अवधिमा ऊर्जाका विभिन्न स्रोतहरूबाट गरी झण्डै २५ लाख घरधुरीमा उज्यालोको पहुँच पुर्याएको छ ।

२०५३ साल कात्तिक १८ गते स्थापना भएको केन्द्रको पहलमा अहिलेसम्म ३६ मेगावाट विद्युत जल तथा साना जलविद्युतको योगदान रहेको केन्द्रले जानकारी दिएको छ । यसबाट २ लाख ४७ हजार घरधुरी लाभान्वित भएका छन् । केन्द्रका अनुसार हालसम्म ९ लाख ६१ हजार सौर्य विद्युत प्रणली र १६ लाख सुधारिएको चुलो जडान भएका छन् ।

यसैगरी, ११ हजार सुधारिएको पानीघट्ट सहरी क्षेत्रबाट निस्कने जैविक फोहोर, फोल्ट्री फार्मबाट निस्कने सुली, गाई फार्मबाट निस्कने गोबरलगायतको प्रयोग गरी ३ सय ४४ वटा ठूला सहित ३ लाख ३३ हजार बायोग्यास प्लान्ट जडान भएका छन् ।

२ हजार ४ सयभन्दा बढी खानेपानी र सिँचाइका लागि प्रयोग हुने पानी तान्ने सौर्य पम्प जडान भएका छन् । यसबाहेक १ मेगावाटभन्दा बढीका सौर्य तथा सौर्य तथा सौर्य, बायु ऊर्जा मिश्रित मिनी ग्रिड प्रणाली जडान भएका छन् ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले दुर्गम गाउँमा उज्यालो पुर्याउनेदेखि जलवायु परिवर्तनले पारेको असरका विषयमा लड्न केन्द्रले महत्त्वपूर्ण भूमिका खेलेको बताए । ‘हिजो यस क्षेत्रमा लागेर निजी क्षेत्रले दक्षता हासिल गर्न सक्यो, त्यही ज्ञान र अनुभवका आधारमा हजारौं मेगावाटका आयोजना निर्माण भइरहेका छन्,’ उनले भने, ‘यो विषयलाई मन्त्रालयले गम्भीरताका साथ लिएको छ ।’

यसैगरी, कार्यक्रममा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले मुलधारका ऊर्जाको पहुँच नपुगेका ठाउँमा केन्द्रले गर्व गर्न लायक काम गरेको बताए । ‘केन्द्रको प्रयासका कारण नेपालको नाम तथा पहिचान अन्तर्राष्ट्रियस्तरसम्म पुगेको छ,’ उनले भने, ‘यसमा निजी क्षेत्रको ठूलो योगदान छ, उसको योगदान वा सहयोगबिना सरकार अगाडि बढ्न सक्दैन ।’

लामो समयसम्म केन्द्रको आफ्नै ऐन भएको हुँदा चाँडै नै भरपर्दो कानुन ल्याइने उनको भनाइ छ । यसमा काम भइरहेको हुँदा केही समयभित्रै मस्यौदा मन्त्रीपरिषदमा पेश गरिने उनले बताए । ऐन आइसकेपछि यसले विकास साझेदार निकायसँग मिलेर अझ परिणाममुखी काम गर्ने प्रस्ट पारे ।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले हालसम्म देशका ९३ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको र त्यसमध्ये आधाभन्दा बढी योगदान केन्द्रको रहेको बताए । ‘अबका दिनमा एकातिर विद्युतको पुहँच पुर्याउनु चुनौतीपूर्ण रहेको छ भने अर्कोतिर केन्द्रको भूमिकालाई फराकिलो बनाउँदै अनुसन्धानात्मक काम गर्नुपर्नेछ,’ उनले भने, ‘यस काममा सरकार, विकास साझेदार निकाय, निजी क्षेत्र लगायत पक्षसँग सहकार्य गर्न आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit