विद्युत अपडेट

  • प्राधिकरण : ८५६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८१२३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३३२४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : १८९०१ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६००१४ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २८१० मे.वा.
२०८३ कार्तिक १६, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । कोशी प्रदेश देशकै ऊर्जा क्षेत्रको प्रमुख केन्द्रका रूपमा उदाउँदै गएको छ । प्रदेशका विभिन्न जिल्लामा निर्माण सम्पन्न भएका ६४ वटा जलविद्युत् आयोजनाको कुल विद्युत् उत्पादन क्षमता ९७७.२ मेगावाट पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन’ अनुसार आर्थिक वर्ष २०८२/८३ सम्ममा प्रदेशको जलविद्युत् उत्पादन क्षमतामा उल्लेख्य वृद्धि भएको हो ।

मोरङ जिल्लामा ६.८ मेगावाटको ग्रिडमा जोडिएको सौर्य विद्युत् आयोजना र झापामा झापा इनर्जी लिमिटेडले निर्माण गरेको १० मेगावाटको सौर्य विद्युत् आयोजना थपिएपछि प्रदेशको कुल विद्युत् उत्पादन क्षमता ९९४ मेगावाट पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा प्रदेशभित्र सञ्चालनमा रहेका विद्युत् आयोजनाको कुल उत्पादन क्षमता ७८६.७ मेगावाट मात्रै थियो । गत एक वर्षमा कोशी प्रदेशमा सातवटा नयाँ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएका छन् । ती आयोजनाबाट राष्ट्रिय विद्युत् प्रणालीमा कुल २०६.२ मेगावाट विद्युत् थपिएको छ ।

जिल्लागत रूपमा हेर्दा कोशी प्रदेशमा सबैभन्दा बढी विद्युत् उत्पादन गर्ने जिल्लामा सोलुखुम्बु पहिलो स्थानमा छ । जिल्लामा सञ्चालनमा रहेका १० वटा आयोजनाबाट कुल ३४९.८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यस्तै, इलामका १८ वटा आयोजनाबाट २००.८ मेगावाट र सङ्खुवासभाका १० वटा आयोजनाबाट १३६.७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

यसैगरी, ताप्लेजुङका ९ वटा आयोजनाबाट ९८.५ मेगावाट, पाँचथरका चारवटा आयोजनाबाट ७१.९ मेगावाट, ओखलढुङ्गाका ५ वटा आयोजनाबाट ६५.१ मेगावाट, भोजपुरका ४ वटा आयोजनाबाट ३१.९ मेगावाट, तेह्रथुमका २ वटा आयोजनाबाट १२.३ मेगावाट र खोटाङका २ वटा आयोजनाबाट १०.२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

यसबीचमा प्रदेशको अर्थतन्त्र र राष्ट्रिय विद्युत् उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण पनि तीव्र गतिमा अघि बढिरहेको छ । कुल १८८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको भौतिक प्रगति ७५.८१ प्रतिशत र वित्तीय प्रगति ६१.२८ प्रतिशत पुगेको छ । गत असार मसान्तसम्मको विवरणअनुसार आयोजनाको निर्माण प्रगति उक्त अवस्थामा पुगेको हो ।

सन् २०१८ को अप्रिलमा निर्माण सुरु भएको अरुण तेस्रो आयोजना सन् २०२८ डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै, प्रदेशमा १ हजार ६३ मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको प्रारम्भिक चरणमा छन् । यी दुवै ठूला आयोजना अघि बढेमा कोशी प्रदेशको विद्युत् उत्पादन क्षमता थप विस्तार हुनुका साथै राष्ट्रिय विद्युत् प्रणालीमा जलाशययुक्त आयोजनाको योगदानसमेत बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३