काठमाडौँ । जल तथा मौसम विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो देशका केही स्थानमा मौसम सफा रहने जनाएको छ । केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका उच्च भूभागमा भने वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतय मौसम बदली रही अन्य प्रदेशका पहाडी भू–भागमा आशिंक बदली रहने तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
विभागका अनुसार आइतबार राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आशिंक बदली रहने र अन्य प्रदेशका धेरैजसो स्थानमा मौसम सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
नेपालमा हाल पश्चिमी वायुको आशिंक प्रभाव परेको विभागले जनाएको छ ।