विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्थानीयबासीसँग सहमति जुटेपछि काठमाडौं–मर्स्याङ्दी २२० केभी प्रसारण लाइनको निर्माण सुचारु भएको छ । प्रसारण लाइनको रुट पर्ने धादिङ सिद्धलेक गाउँपालिकास्थित पिपलटार खण्डमा २ वर्षदेखि रोकिएको निर्माण बुधबारबाट सुचारु भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहलमा स्थानीयबासीले राखेका सडक पूर्वाधार निर्माण, बालीनालीको क्षतिपूर्ति दिने लगायतका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि अवरोध हटेर प्रसारण लाइनको काम सुचारु गरिएको नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानले बताए ।

‘लामो समयदेखिको अवरोध हटाएर प्रसारण लाइनको बाँकी कामको थालनी गरेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘अब बढीमा साढे ३ महिनाभित्रमा सबै काम सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिँदैछौं ।’ उनले कोरोना (कोभिड–१९) महामारीमा समेत काम जारी राखिएकाले प्रसारण लाइन डेढ वर्षअघि नै सम्पन्न भइसक्ने अवस्था रहेकोमा पिपलटार क्षेत्रका स्थानीयले अवरोध गरेका कारण अहिलेसम्म लम्बिएको बताए ।

प्रसारण लाइन अन्तर्गत पिपलटारमा २ वटा टावर ठड्याएर तार तान्न मात्रै बाँकी रहेको आयोजना प्रमुख लक्ष्मण फुयाँलले बताए । उनका अनुसार प्रसारण लाइनको २३१ टावर मध्ये २२९ वटा टावर निर्माणको काम यसअघि नै सम्पन्न भइसकेको छ ।

प्रसारण लाइन आयोजनाका प्रभावित स्थानीयबासीको गुनासोका विषयमा पटक–पटक छलफल तथा बैठक गरी सम्बोधन गरेर समस्याको समाधान निकालिएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए । उनले ऊर्जा मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयको अगुवाईमा स्थानीयको माग बमोजिम उनीहरूको प्रत्यक्ष संलग्नतामा विभिन्न सामाजिक कार्य गर्न गाउँपालिका र आयोजनाबीच सहमति भएको बताए ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत मर्स्याङ्दी बेसिनका जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न तनहुँको मार्कीचोकदेखि काठमाडौंको मातातीर्थसम्म ८२ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । यो प्रसारण लाइन पूरा भई सञ्चालनमा आएपछि १ हजार मेगावाट विद्युत प्रवाह गर्ने संरचना तयार हुनेछ ।

तनहुँको मार्किचोक तथा काठमाडौंको मातातीर्थमा निर्माणाधीन २२० केभी सबस्टेसन सम्पन्न भएपछि प्रसारण लाइन पूर्ण क्षमतामा सञ्चालनमा आउने फुयाँलले बताए । यी दुवै सबस्टेसन सम्पन्न नहुन्जेल अहिले चालु अवस्थामा रहेको १३२ केभी सबस्टेसनमार्फत प्रसारण लाइनलाई १३२ केभीमा सञ्चालन गर्न सकिने पनि उनले बताए ।

यो प्रसारण लाइन १३२ केभीमा सञ्चालन हुँदा १५० देखि २०० मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिनेछ । प्रसारण लाइन निर्माण गर्न सन् २०१६ को जुनमा भारतको टाटा प्रोजेक्ट कम्पनीसँग सम्झौता भएको थियो । सबस्टेसनको काम भने चीनको सिएमइसी कम्पनीले गरिरहेको छ । 

प्रसारण लाइन आयोजना सम्पन्न गर्न २ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाले प्रसारण लाइनको रुटमा पर्ने स्थानीयबासीको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति वितरण कार्य पनि  गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit