विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युतीकरणको विस्तारसँगै देशभर विद्युत उपभोग गर्ने ग्राहकको संख्या ५६ लाख भन्दा बढी पुगेको छ । यो सँगै विद्युतमा पहुँच पुग्ने जनसंख्या पनि ९८ प्रतिशत पुगेको देखाइएको छ ।

नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सवको क्रममा सार्वजनिक गरिएको विवरण अनुसार उसको मातहका ग्राहकको संख्या ५१ लाख ३० हजार पुगेको छ भने सामुदायिक संस्थाबाट विद्युत वितरण भइरहेका ग्राहकहरू ५ लाख १० हजार रहेका छन् । जबकि, आर्थिक वर्ष (आव) २०७८÷७९ मा प्राधिकरणका ग्राहक ४७ लाख ७० हजार रहेकोमा आव २०७९/८० मा ७.७ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।

प्राधिकरणका अनुसार हालसम्म राष्ट्रिय ग्रीडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघुजलविद्युत एवं सौर्य विद्युत् ३ प्रतिशत गरी ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच पुगेको छ । यसलाई आगामी दुई वर्षभित्र शतप्रतिशत नै पुर्याउने लक्ष्य लिइएको छ । अब मुगु र हुम्ला केन्द्रीय प्रणालीमा जोडिन बाँकी छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन दातृ निकायको सहयोगमा ५० अर्ब रुपैयाँ बराबरकोे लगानी  सुनिश्चित गरी काम भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit