विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ५० मेगावाटको मेवा खोला जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । युनाइटेड मेवा खोला हाइड्रो पावर कम्पनीले ताप्लेजुङको मेवा खोलामा आयोजनाको संरचना निर्माण गर्न सुरु गरेको हो ।

अहिले सिभिलतर्फ मुख्य सुरुङको निर्माण सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालकै साउथ एसियन इन्फ्रास्ट्रक्चर कम्पनीले आयोजनाको सुरुङ निर्माणको काम गरिरहेको छ ।

आयोजनामा ५ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । सिभिलतर्फ बाँध र विद्युतगृहको निर्माणका लागि अर्को ठेकेदार छनोट गरी काम सुरु गरिने कम्पनीले जानकारी दिएको छ ।

आयोजना सम्पन्न गर्न बढीमा साढे ३ वर्ष लाग्ने देखिएको छ । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत कोसी कोरिडोर प्रसारण लाइनको ढुंगेसाँघु सबस्टेसनमा जोडिनेछ । कोसी कोरिडोरको ढुंगेसाँघु–बसन्तपुर खण्डको निर्माण सम्पन्न हुँदा आयोजनाबाट पनि उत्पादन सुरु गर्न सकिने कम्पनीले जनाएको छ ।

विद्युतगृहदेखि ढुंगेसाँघु सबस्टेसनसम्म ७ किलोमिटर प्रसारण लाइन कम्पनीले नै निर्माण गर्नेछ । आयोजना सम्पन्न हुँदा हिउँदमा ९७.४२४ गिगावाट घन्टा र बर्खामा २०५.५८७ गिगावाट घन्टा गरी कूल ३०३.०११ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

आयोजना सम्पन्न गर्न ९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । कूल लागतको ७५ प्रतिशत (७ अर्ब रुपैयाँ) बैंकको ऋण लगानी हुनेछ । २५ प्रतिशत हुन आउने २ अर्ब रुपैयाँ स्वपुँजी लगानी हुनेछ ।

आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा कुमारी, मेगा, नेपाल, नेपाल इन्फ्रास्ट्रक्चर,सिद्धार्थ, नेपाल एसबिआई र सिभिल गरी ८ बैंकले ऋण लगानी गर्दैछन् । लगानी गर्ने बैंक र प्रवद्र्धक कम्पनीबीच वित्तीय व्यवस्थापन सम्झौता समेत भइसकेको छ ।

यो आयोजना सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिएका ‘सुपर सिक्स’ आयोजना मध्येको एक हो । सुपर सिक्स अन्तर्गतका २३.५ मेगावाटको सोलु खोला र २५ मेगावाटको सिंगटी खोला निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।

८२ मेगावाटको तल्लो सोलु, १४.९ मेगावाटको मायाखोला र २४.१ मेगावाटको खारे खोला निर्माणाधीन छन् । तर, याे आयोजनाकाे निर्माण भर्खरै सुरु भएकाे छ । विद्युत प्रवाह हुने प्रसारण लाइनकाे टुंगाे नहुँदा अरु आयोजना भन्दा ढिलाे गरी निर्माण सुरु गरेकाे कम्पनीले दाबी गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit