विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निर्माणाधीन २२० केभी हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइनका आयोजना प्रमुख नरेशकुमार खड्गाको निधन भएको छ । उनको बुधबार बिहान साढे १० बजे हृदयघातबाट निधन भएको हो ।

गत कात्तिक २९ गते सिराहाको धनगढीमाई नगरपालिकाको जिरो माइल भन्ने स्थानमा दुर्घटनमा परी घाइते भई स्वास्थ्यलाभ गरिसकेपछि हृदयघातबाट निधन भएको आयोजनाका लेखा प्रमुख दिनेश रानाले बताए । ‘दुर्घटनामा घाइते भएर त उहाँ निको भइसक्नु भएको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘हृदय गति बन्द भएर निधन भएको भन्ने कुरा आएको छ ।’

सप्तरीको राजविराज घर भएको उनको बुधबार नै अन्त्यष्टी गरिएको छ । कात्तिक २९ मा चढेको गाडी पल्टिँदा उनी घाइते भएका थिए । घाइते अवस्थामा उनको विराटनगरस्थित नोबल अस्पतालमा उपचार गरिएको थियो ।

खड्गा ११ महिनाअघि मात्रै प्रमुख भएर हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइनका आयोजनामा गएका थिए । त्यसअघि उनी प्राधिकरणको केन्द्रीय कार्यालयमा थिए । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit