विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले २५ जलविद्युत कम्पनीको साधारण सेयर निष्कासनको अनुमति दिन नेपाल धितोपत्र बोर्ड समक्ष माग गरेको छ । इपान पदाधिकारीले आइतबार बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई भेटी यी कम्पनीको साधारण सेयर निष्कासनको अनुमति तत्काल दिनु पर्ने लिखित माग राखेको हो ।

बोर्डमा नेतृत्व नहुँदा अनुमति नपाएपछि लामो समयदेखि यी जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गर्न पाएका छैनन् । लामो समयदेखि सेयर निष्कासन गर्न नपाएको गुनासो लिएर इपान पधाधिकारी दोस्रो पटक बोर्डमा पुगेका हुन् ।

केही समयअघि बोर्डका पदाधिकारी समक्ष राखेको मागको सुनुवाई नभएपछि इपान पदाधिकारी नवनियुक्त अध्यक्षलाई लिखित मागपत्र लिएर भेट्न पुगेका हुन् । भेटमा आवेदन दिएर पाइप लाइनमा रहेका जलविद्युत कम्पनीलाई सेयर निष्कासन गर्ने अनुमति दिनुपर्ने भनाई इपानले राखेको छ ।

समयमा सेयर निष्कासनको अनुमति नपाउँदा निर्माणाधीन जलविद्युत आयोजनाको काममा आर्थिक समस्या देखिन थालेको गुनासो इपान पदाधिकारीले गरेका छन् । ‘सेयर बिक्री गर्न नपाउँदा रकम अभाव भई निर्माणाधीन जलविद्युत आयोजनाको काम ठप्प हुन थालेको छ,’ उनीहरूले भनेका छन्,‘निर्माण अन्तिम चरणमा पुगेका आयोजनामा पनि काम रोक्नु पर्ने अवस्था आउन थालेको छ ।’

काम प्रभावित हुँदा आयोजनाको निर्माण लागत बढ्ने र सम्पन्न नै गर्न नसकिने चुनौती थपिएको उनीहरूले बताएका छन् । यो अवस्थाले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्य समेत पूरा गर्न नसकिने भनाई इपान पदाधिकारीले बोर्ड अध्यक्ष समक्ष राखेका छन् ।

जवाफमा बोर्ड अध्यक्ष हमालले पुँजी बजारको सुधारका लागि जलविद्युत कम्पनीको सेयर निष्कासनको समस्या समाधान गर्ने आश्वासन दिएका छन् । पुँजी बजारको विकास, विस्तारका लागि जलविद्युत क्षेत्रको भूमिका पनि महत्त्वपूर्ण भएको बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit