विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभाको पिलुवा खोलामा ३ मेगावाटको पिलुवा खोला जलविद्युत आयोजना निर्माण सञ्चालनमा ल्याएको अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विगत ११ वर्षदेखि लगातार आफ्नो सेयरधनी सदस्यलाई प्रतिफल दिँदै आएकाे छ । कम्पनीले आर्थिक वर्ष २०६७/६८ देखि नगद लाभांश र बाेनस सेयर वितरण गर्दै आएकाे छ ।

कम्पनीले मंसिर १६ गते (शुक्रबार) बसेको कम्पनीको सञ्चालक समितिको बैंकठकाे निर्णय अनुसार आर्थिक वर्ष २०७८/७९ मा ८ प्रतिशत बाेनस सेयर दिने निर्णय गरेकाे छ । आव को मुनाफा र सञ्चितप्बाट हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँको ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत कर प्रयोजनाका लागि नगद लाभांश दिने निर्णय भएको कम्पनीले जनाएको छ ।

कम्पनीले वितरण गरेका बाेनस र लाभांश ;

क्रस आर्थिक वर्ष नगद लाभांश (प्रतिशत) बाेनस सेयर (प्रतिशत)
२०७७/७८ ०.५३ १०
२०७६/७७ ०.२६
२०७५/७६ ०.३७
२०७४/७५    
२०७३/७४ ०.५३ १०
२०७२/७३ ०.५३ १०
२०७१/७२ ११
२०७०/७१ ०.५३ १०
२०६९/७० ०.७५ १५
१० २०६८/६९ ०.७५ १५
११ २०६७/६८ १५  

कम्पनीका अनुसार यो बोनस सेयर र नगद लाभांश विद्युत नियमन आयोगको स्वीकृती र कम्पनीको २५औं वार्षिक साधारणसभाले अनुमोदन गरे पश्चात वितरण हुनेछ ।

कम्पनीले वितरण गर्न लागेको बोनस सेयर र लाभांश आव २०७७/७८ को तुलनामा घटेको हो । यो वर्ष कम्पनीले आफ्नो सेयरधनी सदस्यलाई ०.५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit