विद्युत अपडेट

  • प्राधिकरण : ८९५९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१०८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७५६३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २२१०२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३६२९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२४८ मे.वा.
२०८३ साउन १२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नर्थ समिट हाइड्रो लिमिटेडले कम्पनीको प्राथमिक सेयर निष्काशन (आइपिओ जारी) गर्न माछापुच्छ्रे क्यापिटल लिमिटेडसँग सम्दझाैता गरेको छ । कम्पनीले संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा माछापुच्छ्रेलाई  नियुक्ति गर्ने सम्झाैता गरेकाे हाे । 

सम्झौता पत्रमा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशन कर्ता कम्पनी नर्थ समिट हाइड्रोका  प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीले गत शुक्रबार हस्ताक्षर गरेका हुन् । 

कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात कुल ३८ लाख ४० हजार कित्ताको प्रति शेयर अंकित मूल्य १०० रुपैयाँका दरले ३८ करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । 

नर्थ समिट हाइड्रो लिमिटेडले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका भएर बग्ने न्यादी र फिदी खोलाको पानीको बहाव सदुपयोग गरी २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत् आयोजना निर्माण गरिरहेकाे ५ ।

माछापुच्छ्रे क्यापिटल माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३