images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बागमती प्रदेशमा निर्माण गर्न लागिएको ६८३ मेगावाटको सुनकोसी–३ जलाशय जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन क्षेत्र निर्धारण गर्न राय/सुझाव माग गरिएको छ । विद्युत विकास विभागले आयोजनाको क्षेत्रधिकार निर्धारण गर्न सराेकारवालासँग राय/सुझाव मागेको हो ।

स्थानीय सरोकारवालासँग आयोजना निर्माण गर्दा पर्न सक्ने भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणीय प्रभावका सम्बन्धमा रायसुझाव मागिएको छ । प्रस्तावित आयोजनाबाट प्रभावित हुने गाउँपालिका, नगरपालिका, तथा त्यहाँका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी एवं सरोकारवाला व्यक्तिसँग एक साताभित्र प्राप्त हुने गरी रायसुझाव पढाउन भनिएको छ ।

आयोजनाबाट सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुली प्रभावित हुनेछन् । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका, बलेफी गाउँपालिका, चौतारा साागाचोकगढी नगरपालिका, इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाका स्थानीयसँग राय/सुझाव माग गरिएको छ ।

यस्तै, काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिका, पाँचखाल नगरपालिका, भुम्लस गाउँपालिका, चौरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिकाका विभिन्न वडा प्रभावित हुने देखिएको छ । रोमछापको खाडाँदेवी गाउँपालिका र सुनापाती गाउँपालिका तथा सिन्धुलीको सुनकोसी गाउँपालिकाको विभिन्न वडा प्रभावित हुन सक्ने देखिएको विभागले जनाएको छ । पालिका अन्तर्गतका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी एवं सरोकारवाला व्यक्तिसँग  रायसुझाव पढाउन भनिएको छ ।

आयोजना सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीमा प्रस्ताव गरिएको छ । आयोजनाको बाँध काभ्रेपलाञ्चोक र रामेछापकाे सिमानामा प्रस्ताव गरिएको छ ।

विद्युत गृह काभ्रेपलाञ्चोकमा रहनेछ । आयोजनामा नेपाल विद्युत प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डले सयुक्त रुपमा लगानी गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit