विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १०, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
बाढीका कारण भएको क्षतिको पछिल्लो विवरण

काठमाडौँ । रसुवा जिल्ला हुँदै बग्ने भोटेकोसी नदीमा तिब्बती भूमिबाट आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटमा निर्माण सम्पन्न भई सञ्चालनरत तथा निर्माणाधीन जलविद्युत् तथा सोलार आयोजनामा ठूलो क्षति पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण ४३१.१ मेगावाटका १२ आयोजनाबाट हुने विद्युत् उत्पादन पूर्णरूपमा बन्द भएको छ भने ४७० मेगावाटका १५ आयोजनामा गम्भीर क्षति पुगेको छ । साथै, धादिङ, गोरखा र चितवनका विद्युत् प्रसारण तथा वितरणका विभिन्न संरचनामा ठूलो क्षति पुगेको छ ।

बाढीपछि विभिन्न जलविद्युत् केन्द्र, जलविद्युत् आयोजना तथा विद्युत् संरचनामा कार्यरत १९६ कर्मचारी÷कामदार सम्पर्कविहीन छन् । प्राधिकरणले सम्बन्धित निकायसँग समन्वय गरी प्रभावितको उद्धार तथा राहतका लागि भरमग्दुर प्रयास भइरहेको जनाएको छ ।

१२ विद्युत् केन्द्र बन्द, ४३१.१ मेगावाट प्रणालीबाहिर

प्राधिकरण तथा यसका सहायक कम्पनी र निजी प्रवर्द्धकबाट सञ्चालित १२ विद्युत् केन्द्र बन्द हुँदा प्रणालीबाट कुल ४३१.१ मेगावाट विद्युत् बिच्छेद भएको छ ।

बन्द भएका उत्पादन केन्द्रहरू रसुवागढी १११ मेगावाट, सालासुंगी (सान्जेन) ७८ मेगावाट, माथिल्लो सान्जेन १४.८ मेगावाट, सान्जेन ४२.५ मेगावाट, चिलिमे २२ मेगावाट, लाङटाङ खोला २० मेगावाट, माथिल्लो त्रिशूली–३ ए ६० मेगावाट, माथिल्लो मैलुङ १४.५ मेगावाट, मैलुङ ५ मेगावाट, त्रिशूली २४ मेगावाट, देवीघाट १४ मेगावाट र प्राधिकरणको सोलार आयोजना २५ मेगावाट छन् ।

यसैगरी, सोही नदी बेसिनमा प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवर्द्धकबाट निर्माणाधीन ४७० मेगावाट क्षमताका १५ आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण रसुवा जिल्लामा विद्युत् आपूर्ति पूर्णतः अवरुद्ध भएको छ । नुवाकोट, धादिङ र गोरखा जिल्लामा भने आंशिकरूपमा विद्युत् अवरुद्ध रहेको प्राधिकरणले जनाएको छ ।

धादिङको जहरे ३३ केभी सबस्टेसनमा करिब ५ फिट लेदो जमेकाले डोजर प्रयोग गरी सफाइ कार्य जारी राखिएको छ । विभिन्न स्थानमा ११ केभीका पोल तथा ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ ।

प्रसारण प्रणालीमा क्षति

बाढीले त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसनमा पूर्णरूपमा क्षति पुगेको छ । चिलिमे २२० केभी हब टावर अवरुद्ध भएका कारण बन्द भएको छ । यस्तै, समुद्रटार–त्रिशूली १३२ केभी प्रसारण लाइन अवरुद्ध भएको छ । चिलिमे–त्रिशूली ६६ केभी प्रसारण लाइन, चिलिमे हब–त्रिशूली ३ बी हब–मातातीर्थ २२० केभी प्रसारण लाइन र त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइनसमेत अवरुद्ध छन् । केही प्रसारण लाइनका टावरमा समेत समस्या देखिएको प्राधिकरणले जनाएको छ ।

वैकल्पिक उपायबाट सञ्चालन गर्न सकिने स्थानबाट आंशिक क्षेत्रमा विद्युत् प्रणाली सञ्चालन गर्ने प्रयास पनि भइरहेको छ । यसै क्रममा सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रमा प्रणाली चालु भई चौघोडा सबस्टेसन सञ्चालन गर्ने प्रयास जारी गरिएको छ ।

गुजुरीदेखि गल्छीसम्मका क्षेत्रमा धादिङबेँसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ । सम्भव भएका क्षेत्रमा पेट्रोलिङ गर्दै मर्मत गरी लाइन सुचारु गर्ने कामसमेत भइरहेको प्राधिकरणले जनाएको छ ।

विद्युत् प्रणालीलाई सुचारु राख्न ग्रिड सञ्चालन विभाग, विद्युत् प्रणाली सञ्चालन विभाग र सम्बन्धित वितरण केन्द्रलाई आवश्यक निर्देशन दिइएको छ । ती कार्यालयहरू विद्युत् प्रणाली सुचारु गराउन सक्रियरूपमा काम गरिरहेका छन् ।

प्राधिकरणले सम्बन्धित सबै कर्मचारी तथा सर्वसाधारणलाई स्थानीय प्रशासन, सुरक्षा निकाय र प्राधिकरणबाट जारी निर्देशन पालना गर्न, आधिकारिक सूचनामा मात्र विश्वास गर्न तथा आपत्कालीन अवस्थामा नजिकको सुरक्षा निकाय वा सम्बन्धित कार्यालयमा तत्काल जानकारी गराउन पुनः अनुरोध गरेको छ ।

उद्धार र विद्युत् सुचारु गर्ने प्रयास

बाढीपछि प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशकसहितको टोलीले प्रभावित क्षेत्रको अनुगमन गरी फर्किएको छ । जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्न अर्को टोली स्थानीय क्षेत्रमा सक्रिय रहेको छ ।

सम्पर्कविहीन कर्मचारी तथा कामदारसँग सम्पर्क स्थापित गर्ने प्रयास जारी रहेको प्राधिकरणले जनाएको छ । यसका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारी तथा कार्यक्षेत्रमा रहेकाको विवरण संकलन गर्ने, खोजी तथा उद्धार गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३