images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभाको सभापोखरी गाउँपालिकामा निर्माणाधीन ५ मेगावाट क्षमताको लंखुवा खोला साना जलविद्युत आयोजनाको काम ८० प्रतिशत सकिएको छ । सभापोखरी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको बाँध, सुरुङ, विद्युतगृह सबै क्षेत्रको काम एकसाथ अघि बढेको कम्पनीले जनाएको छ । आयोजनामा ३३ सय मिटर हेडरेस पाइप तथा ७ सय मिटर लामो पेनस्टक पाइप निर्माण भइरहेको छ ।

आयोजनाबाट वार्षिक २९.१७ गिगावाट घन्टा (२ करोड ९१ लाख ७० हजार युनिट) बिजुली उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन भएको बिजुली करिब १७ किलोमिटर ३३ किलोमिटर लाइनबाट नेपाल विद्युत् प्राधिकरणको खाँदबारी सबस्टेसनमा जोडिनेछ । आयोजनाबाट विद्युत् उत्पादन भएको पहिलो वर्ष नै १७ करोड ३० लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

आयोजना सम्पन्न गर्न कूल ८८ करोढ १६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । यसमा राष्ट्रिय वाणिज्य बैंकले ६१ करोड ७० लाख रुपैयाँ ऋण अर्थात ७० प्रतिशत र प्रवर्द्धकको ३० प्रतिशत (२६ करोड ४६ लाख रुपैयाँ) लगानी छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने तयारी अघि बढाएको छ । कम्पनीले सय रुपैयाँ अंकित ७ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न फागुन १८ गते आरबीबी मर्चेन्टसँग सम्झौता गरेको छ । सम्झौता अनुसार आरबीबी मर्चेन्टले कम्पनीको सेयर निष्कासन गरेर बाँडफाँड गर्नेछ । सम्झौता पत्रमा सभापोखरी हाइड्रोपावरको तर्फबाट प्रबन्ध निर्देशक राम देवकोटा र आरबीबी मर्चेन्ट बैंकिङको प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit