विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको ८५ प्रतिशत निर्माण पूरा भएको छ । रसुवागढी हाइड्रो पावर कम्पनीले गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको भौतिक प्रगति तिव्र गतिमा अघि बढेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाको अहिले हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम भइरहेको छ ।

इलेक्ट्रोमेकानिकलको ठेक्का पाएको भारतीय कम्पनी भोइथ हाइड्रोले विद्युतगृहमा इलेकट्रोमेकानिकल उपकरण जडान गरिरहेको छ । कोरोना कालमा इलेक्ट्रोमेकानिकलतर्फको काम रोकिँदा आयोजनाको विद्युत उत्पादनको तालिका प्रभावित हुन पुगेको थियो ।

यस्तै, हाइड्रोमेकानिकलतर्फको  उपकरण जडान कार्य पनि भइरहेको छ । सिभिल तथा हाइड्रोमेकानिकलतर्फको काम आगामी चैतभित्र सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार कम्पनीले जनाएको छ ।

यो आयोजना चालू आर्थिक वर्षभित्र सम्पन्न गरी विद्युत उत्पादन गर्ने तालिका छ । आयोजनाबाट यसअघि नै विद्युत उत्पादन सुरु गर्ने तालिका भएपनि  २०७२ सालको विनासकारी भुकम्प, नाकाबन्दी, वर्षायाममा आयोजना क्षेत्रमा आएको बाढी, पहुँचमार्गमा निरन्तर गएको पहिरो, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले गर्दा उत्पादन तालिका लम्बिदै गएको कम्पनीले जनाएको छ ।

कम्पनीको पछिल्लो तालिका अनुसार आयोजनाबाट २०७८ असारभित्र सम्पन्न गर्ने लक्ष्य थियो तर, २०७७ सालको वर्षायाममा प्रक्षेपण गरिए भन्दा अघि आएको बाढीले बाँधस्थलको अस्थायी संरचनामा क्षति पुग्न गई निर्माण स्थगित गरिएको र अडिड सुरुङ जाने बेलीब्रिजमा क्षति पुर्याई आवत/जावतमा कठिनाई र पहुँचमार्ग पूर्ण रुपमा क्षति पुगेकोले सम्पन्न गर्न नसकिएको कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणमा उल्लेख छ ।

कम्पनीको नयाँ तालिका अनुसार आयोजनाबाट २०७९ असारभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । यो अवधिभित्र निर्माण सम्पन्न गर्न ब्याज बाहेक १६ अर्ब ७४ करोड ९३ लाख रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ ।

निर्माण सुरु भएको ८ वर्षमा पनि आयोजना निर्माणकै चरणमा रहेकाले चाँडै सम्पन्न गर्नुपर्ने दवाव प्रवद्र्धक कम्पनीलाई छ । लट–१ (सिभिल तथा हाइड्रो मेकानिकल) को काम गर्न २०७० पुस २१ गते चिनियाँ कम्पनी चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लूई) सँग ठेक्का सम्झौता भएको थियो । उसले काम सुरु गरेकै ८ वर्ष भइसकेको छ ।

यस्तै, लट–२ (इलेक्ट्रो मेकानिकल) को काम गर्न २०७१ साउन १५ गते भारतीय कम्पनी भोइथ हाइड्रो प्रालिसँग सम्झौता भएको थियो । यसले काम सुरु गरेको पनि साढे ७ वर्ष भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit