विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । झापा इनर्जी लिमिटेडले १० मेगावाटको सौर्य आयोजना निर्माण गर्ने भएको छ । प्रदेश नम्बर १ को झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा पहिचान भएको आयोजना अघि बढाउन लागेको छ । 

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ । विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय÷सुझाव मागेको छ ।

विभागले  सूचना जारी भएको  मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय÷सुझाव पठाउन सरोकारवाला समक्ष आग्रह गरेको छ । विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी सरोकारवालाले आफ्नो राय÷सुझाव पठाउन सक्ने विभागले जनाएको छ ।

आयोजनाको मुख्य संरचना जिल्लाको शिवसताक्षी नगरपालिको वडा नम्बर ४ स्थित करिब १,६५,०० वर्ग मिगर जग्गामा पर्दछ ।

आयोजना निर्माण पूरा भएपछि १७.६१ गिगावाट घन्टा विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाबाट उत्पादन भएका विद्युत ३३ केभी प्रसारण लाइन मार्फत बुलुचोक वितरण केन्द्र, झापामा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit