विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भक्तपुरको बालकोटस्थित एउटा घरकाे छाना (रुफटप) मा साेलार प्रविधि जडान गरी उत्पादन भएकाे ४ किलाेवाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिएकाे छ । बालकोटका स्थानीय गोपाल संग्रौलाले घरयासी प्रयाेजनका लागि घरकाे छानामा राखेकाे साेलार प्यानलबाट उत्पादन भई खपत हुन नसकेर बढी भएको विद्युत नेपाल विद्युत प्राधिकरणकाे प्रसारण ग्रिडमा जाेडेका हुन् ।

प्राधिकरणलाई प्रतियुनिट ७.३० रुपैयाँमा बिक्री गर्ने गरी रुफटपमा उत्पादन भएकाे विद्युत प्रसारण प्रणालीमा जाेडेकाे संग्राैलाले बताए । उनका अनुसार घरकाे छानामा साेलार प्रविधि जडान कार्य सकिएपछि गत कात्तिक ८ गतेदेखि विद्युत उत्पादन सुरु  गरिएकाे हाे । 

 प्राधिकरणले रुफटपबाट उत्पादन भई प्रसारण प्रणालीमा जाेडिने विद्युत तथा संग्राैलाले प्रणालीबाट खपत गर्ने विद्युतकाे नेट मिटरिङका लागि स्मार्ट मिटर जडान गरिदिएकाे छ । 

प्राधिकरणसँग २०७८ भदौ २० गते विद्युत खरिद सम्झौता (पिपिए) गरी साेलार प्यानल जडानकाे काम सुरु गरिएकाे थियाे। ‘रुफटप साेलारबाट मासिक करिब ६ सय युनिट विद्युत उत्पादन हुन्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘घरमा खपत भएर बाँकी  विद्युत  प्राधिकरणले खरिद गर्छ।’

रुफटप साेलार आयोजनाका लागि आवश्यक सबै उपकरण भारतबाट आयात गरेको पनि संग्रौलाले बताए । रुफटप साेलार आयोजनामा ३३० वाट क्षतमाका १२ थान सोलार प्यानल जडान गरिएको छ । रुफटप साेलार आयोजना सम्पन्न गर्न करिब ४ लाख रुपैयाँ खर्च भएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit