विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोरोना (कोभिड–१९) महामारीको समयमा पनि विद्युत उत्पादन गरिरहेका निजी क्षेत्रका जलविद्युत आयोजनाको बिल भुक्तानी नियमित गरेको छ । देशभर लागेको निशेधाज्ञाले उपभोक्ताबाट महसुल उठ्न नसकेर आम्दानी घटिरहेका बेला प्राधिकरणले नियमित बिल भुक्तानी गरिरहेको हो ।

अहिलेसम्म निजी क्षेत्रको विद्युत खरिद गरे बापतको बिल भुक्तानी रोक्नु पर्ने अवस्था नआएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘देशभरी नै निशेधाज्ञा लागेकाले महसुल संकलन गर्न कठिनाई भएको छ ,’ उनले ऊर्जा खबरसँग भने, ‘हामीले ग्राहकलाई नै मिटर रिडिङ गरी खपत युनिटको विवरण टिपाई अनलाइनबाट महसुल भुक्तानी गर्न आग्रह गरिरहेका छौं । अनलाइनबाट महसुल उठ्ने क्रम बढ्यो भने निजी क्षेत्रको भुक्तानी रोकिँदैन ।’

अपेक्षाकृतरूपमा ग्राहकबाट विद्युत महसुल उठ्न नसकेको अवस्थामा भने आंशिकरूपमा मात्रै भुक्तानी गर्नुपर्ने बाध्यता आउन सक्ने उनले बताए । यस्तो अवस्था आएमा प्रवर्द्धकलाई एकै पटक सबै बिल भुक्तानी नगरी थोरै थोरै गरेर दिँदै जाने पनि शाक्यले बताए ।

अहिले निजी क्षेत्रले सञ्चालन गरेका १ सय ५ वटा जलविद्युतगृहले प्राधिकरणलाई विद्युत बिक्री गर्छन् । गत वर्ष यही समयमा लगाइएको लकडाउन तथा निशेधाज्ञा ३ महिनाभन्दा बढी समय लम्बिएपछि प्राधिकरणलाई निजी क्षेत्रको विद्युत खरिद गरे बापतको बिलको भुक्तानी दिन समस्या भएको थियो ।

प्राधिकरण विद्युत व्यापार विभागले सूचना जारी गरी निजी क्षेत्रका सञ्चालित आयोजनाले बिक्री गरेको विद्युतको मिटर रिडिङ हुन नसकेको भन्दै भुक्तानी रोकेको थियो । गत वर्षको लकडाउन तथा निशेधाज्ञाका कारण उद्योग, कलकारखाना, होटल, सरकारी तथा निजी कार्यालय बन्द हुँदा विद्युत खपत ६ सय मेगावाटमा झरेको थियो । 

यो वर्ष पनि निशेधाज्ञाका कारण प्राधिकरणका अधिकांश विद्युत महसुल संकलन काउन्टर अहिले बन्द छन् । केही जिल्लामा बैंक खुलेको दिन सातामा २ देखि ३ दिन मात्रै महसुल संकलन काउन्टर खुलेका छन् । काउन्टर खुले पनि महसुल तिर्न आउने ग्राहक छैनन् ।

केही जिल्लामा जिल्ला प्रशासन कार्यलयको आदेशपछि सम्बन्धित वितरण केन्द्रहरूले अर्को सूचना नहुन्जेलसम्मका लागि भन्दै महसुल संकलन काउन्टर बन्द गरेका छन् । मिटर रिडर घर–घर पठाउँदा कोरोना संक्रमणको जोखिम उच्च रहेकाले प्राधिकरणले पनि आफ्नो घरको मिटर आफैं रिडिङ गरी खपत युनिटको विवरण सम्बन्धित वितरण केन्द्रमा टिपाएर एसएमएस तथा फोनबाटै बिल प्राप्ती गरी अनलाइनमार्फत महसुल तिर्न आग्रह गर्दै आएको छ ।

प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार चैत महिनासम्म अनलाइनबाट महसुल भुक्तानी गर्ने ग्राहक ९ लाख पुगेका छन् । प्राधिकरणको विद्युत सेवा उपयोग गर्ने करिब ५० लाख ग्राहक रहेकामा अनलाइनबाट उठ्ने महसुल न्युन हो ।

निशेधाज्ञामा काउन्टरसम्म पुगेर महसुलत तिर्न सक्ने अवस्था नरहेकाले बैशाख महिनामा अनलाइन सेवा लिने ग्राहकको संख्या अझै बढ्न सक्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit