विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २९, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठामाडौं । सिराहा जिल्लाको बरियारपट्टि गाउँपालिकाले नेपाल विद्युत प्राधिकरण लाहान वितरण केन्द्रलाई २० लाख रुपैयाँ बक्यौता बुझाएको छ । पालिकाले सिँचाई मिटरबाट विद्युत खपत गरे वापतको साे रकम बुझाएको हो । 

गाउँपालिकाका अध्यक्ष्य सन्तोष कुमार महतोले ८१९ जना ग्राहकको सिँचाई मिटरबाट विद्युत खपत भए वापतको २० लाख रुपैयाँ बक्यौता बुझाएको लहान वितरण केन्द्रका इन्जिनियर संयोग विश्वकर्माले बताए । उनका अनुसार पालिका अन्तर्गतका केही ग्राहकले भने आफैले बक्यौता बुझाए थिए । 

मिटर रिडङ गर्दा बक्यौता बुझाउन बाँकी रहेको ग्राहकको बक्यौता गाउँपालिकाले बुझाएको हो । अबका दिनमा पनि पालिका अन्तर्गत सिँचाइ गर्नेको बक्यौता पालिकाले नै दिने भएको छ ।

 किसानहरुको सिँचाइ मिटर जडान गरेदखि जेठ मसान्तसको मिटर रिडिङ गर्दा २१ लाख ८ हजार रुपैयाँ बक्यौता उठेको पालिकाका अध्यक्ष सन्तोष कुमार महतोले बताए । उनका अनुसार पालिकाले बजेट बिनियोजना गर्दा छुट्याएको २० लाख रुपैयाँ बक्यौताका बुझाएको हो । 

‘आफु स्थानीय तहमा निर्वाचित हुँदा घोषणा गरेको कुरालाई कार्यान्वयन गरेको हो, उनले ऊर्जा खबरसँग भने, अबको दिनमा सिँचाई गरे बापतको विद्युत महशुल गाउँपालिकाले नै तिर्नेछ ।’

२ वर्ष अघि नै लागु गरे पनि प्राविधिक र मिटर रिडङ नभएको कारणले गर्दा बक्यौता बुझाउन नसकेको अध्यक्ष्य महतोले जानकारी दिए । पालिका अन्तर्गत सिँचाई मिटर जडान नगरेका किसानहरुले पनि सिँचाई मिटर जडान गरी काम गर्न महतोले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit