विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार ( भदाै २ गते) ८ वटा फिडर बन्द गर्ने भएको छ । प्राधिकरणले १३२ केभी स्यूचाटार सबस्टेसन मुख्य बसवार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभी (वे) जडान गर्न उक्त फिडरहरु बन्द गर्ने भएको हो । 

सीतापाइला फिडर, बाफल फिडर, बलम्बु फिडर, खड्का गाउँ फिडर (थानकोट सहित), हसनटार फिडर, कालीमाटी फिडर, कलंकी फिडर र रोपवे फिडर बन्द हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार फिडहरू बिहान १० बजेदेखि बन्द हुनेछ । 

उक्त फिडरहरु बन्द हुँदा बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स, अलकत्रा, सरनपुर, थापाचोक, ह्वाइट गुम्बा, सिंगल ट्री र चागुनारायण मन्दिर, जानोदय, गाई बाच्छा पाटी, स्वायम्भू, सानो भर्याङ र बारुदखाना, बलम्बु, ढुङगेअड्डा, नैकाप, सतुङ्गल, बोसीगाउँ, सालिक चोक, एल. आर. आई न्यू डाइमण्ड, पुरानो नैकाप, फुटबल ग्राउन्ड, सिर्जना चोक, इन्द्रनाथ, गुर्जुधारा, हिल भिजन कोलानीमा विद्युत अवरुद्ध हुनेछ ।

यसैगरी, पाटचोक, गौतम गाउँ, हसनटार, गोदामथोक, रामकोट, भीमढुङ्गा छत्रे देउराली, दुर्गा नगर, स्यूचाटार पुल, मकालु पेट्रोल पम्प, शहीद अस्पताल, कालीमाटी, मालपोत, खासीबजार, सुनारगाउँ, बल्खु, कुलेशवर, ट्याङ्लाफाँट, कीर्तिपुर बजार, मैत्रीनगर बाघभैरव मन्दिर इलाका  र पाग्ङा दोबाटोको विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । 

विद्युत आपूर्ति बेलुकी ३ बजेदेखि पून सूचारु हुनेछ । निर्धारित समय अगावै कार्य सम्पन्न भएमा लाइन सूचारु गरिनेछ । साथै, १३२ केभी बसवार हुने भएकोले यसैसँग सम्बन्धिकत टेकू, बालाजु, के २ र के ३ सबस्टेसनबाट आपुर्ति हुने क्षेत्रहरुमा विद्युत आपूर्ति प्रभावित हुन सक्नेछन् । 

हाल लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तोरोन्नति गरी टेकू–स्यूचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit