विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रसारण लाइनको समस्याले भर्खरै व्यावसायिक विद्युत उत्पादन सुरु गरेको ४२ मेगावाटको मिस्ट्री खोला जलविदुत आयोजना पनि पूर्ण क्षमतामा चल्न पाएको छैन । २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्डको निर्माण पूरा भइनसकेकाले आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न नसकेको हो ।

आयोजनाको विद्युत कालीगण्डकी कोरिडोर प्रसारण लाइनमा प्रवाह गर्ने गरी नेपाल विद्युत प्राधिकरणसँग प्रसारण सम्झौता भएको छ । तर, प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्डको निर्माण भइनसकेकाले अहिले दाना–कुस्मा खण्ड हुँदै त्यहाँबाट १३२ केभी लाइनमार्फत लेखनाथ सबस्टेसनसम्म पुर्याइएको छ ।

१३२ केभी प्रसारण लाइनबाट प्रवाह हुने जलविद्युतगृह बन्द भएको अवस्थामा मात्रै कहिले काहीं पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने गरेको आयोजना प्रमुख दीपककुमार शाहले बताए । ‘हाम्रो आयोजनाको विद्युत नै कालीगण्डकी कोरिडोर प्रसारण लाइनबाट न्यू बुलवल सबस्टेसनमा पुर्याउने गरी प्रसारण सम्झौता भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘प्रसारण लाइनको कुस्मा–न्यू बुलवल खण्ड सम्पन्न नहुन्जेलीका लागि मात्रै वैकल्पिक लाइनबाट लेखनाथसम्म लगिएको हो ।’

उनले जडित क्षमता अनुसारको विद्युत वैकल्पिक लाइनले बोक्न नसकेकाले पूर्ण क्षमतामा मेसिन चलाउन नसकिएको बताए । मध्य बर्खामा प्राधिकरण भार प्रेषण केन्द्रको निर्देशन अनुसार नै विद्युतगृहका मेसिनहरू चलाइरहेको उनले जानकारी दिए ।

मंगलबार दिउँसो १ बजेको उत्पादन ३८ मेगावाट हाराहारीमा थियो । प्राधिकरणले सम्भव भएसम्म अधिकतम विद्युत लिइरहेको पनि उनले बताए । बर्खाको औषत उत्पादन २४ देखि २६ मेगावाट हाराहारी छ ।

हिउँदमा उत्पादन कम हुने हुँदा विद्युत खेर नगए पनि बर्खामा प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्ड सम्पन्न नहुँदासम्म खेर गइरहने पनि उनले बताए । प्राधिकरणले प्रसारण लाइनको यो खण्डको ६० प्रतिशत निर्माण सम्पन्न गरिसकेको छ ।

प्रसारण लाइनको दाना–कुस्मा खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि गत जेठमा आयोजनाले उत्पादन सुरु गरेको थियो । गत असार ३ गतेबाट व्यापारिक उत्पादन भइरहेको छ । २०७३ जेठदेखि निर्माण सुरु भएको आयोजना ५ वर्षमा सम्पन्न भएको हो ।

मिस्ट्री खोला स्वदेशी लगानीमा निजी क्षेत्रले निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको अहिलेसम्मको ठूला जलविद्युत आयोजना हो । यो आयोजना निर्माण गर्ने माउन्टेन इनर्जी नेपाल कम्पनीले यसअघि नुवाकोटमा ५ मेगावाटको तादी खोलाको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । मिस्ट्री खोलाबाट विद्युत उत्पादन भई निस्कने पानीको उपयोग हुने गरी मिस्ट्री खोला–२ क्यासकेड आयोजना पनि कम्पनीले निर्माण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit