विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बझाङको कालंगा नदी बेसिनमा निर्माण गरिरहेका ३ नदी प्रवाही (आरओआर) जलविद्युत आयोजना मध्ये २ वटाबाट आगामी असार दोस्रो सातासम्म विद्युत उत्पादन हुने भएको छ ।

कम्पनीले उक्त बेसिनमा १५.३३ मेगावाटको कालंगा, ३८.४६ मेगावाटको माथिल्ला कालंगा र १०.७० मेगावाटको सानीगाड निर्माण गरिरहेको छ । अहिले यी मध्ये कालंगाको निर्माण पूरा भई सुरुङ परीक्षणको क्रम चलिरहेको छ ।

३ वटा आयोजना प्रवद्र्धन गर्न क्रमशः कालंगा हाइड्रो इनर्जी कम्पनी (कालंगागाड १५.३३ मेगावाट), सानीगाड हाइड्रो कम्पनी (माथिल्लो कालंगागाड ३८.४६ मेगावाट) र बुंगल हाइड्रो कम्पनी (सानीगाड १०.७० मेगावाट) स्थापना गरिएको छ । कालंगाको काम पूरा भएको र माथिल्लो कालंगा पनि आगामी जेठभित्र पूरा हुने ३ वटै कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका पुष्प चित्रकारले जानकारी दिए ।

कालंगागाडमा गत सातादेखि सुरुङमा पानी परेर परीक्षण भइरहेको तर सामान्य समस्या देखिएर त्यसको मर्मत भइरहेको सानीगाड हाइड्रोका प्रबन्ध सञ्चालक राजेशकुमार श्रेष्ठले जानकारी दिए । कालंगा र माथिल्लो कालंगाबाट आगामी असार दोस्रो सातासम्म विद्युत उत्पादन हुने उनले बताए ।

जलविद्युत आयोजनाको काम सकिएको अवस्था रहे पनि प्रसारण लाइन निर्माण केही ढिला हुने हुँदा असारको मध्येसम्म दुई वटा आयोजनाबाट विद्युत उत्पादन हुने श्रेष्ठको भनाइ छ । यस बेसिनका दुई आयोजनाबाट असारसम्म ५३.७९ मेगावाट विद्युत उत्पादन हुने र सानीगाडको निर्माण पूरा हुन ५–६ महिना लाग्ने चित्रकारको भनाइ छ ।

उत्पादित विद्युत विद्युतगृहबाट करिब ३९ किलोमिटर ढाटा नेपाल विद्युत प्राधिकरणको दार्चुलास्थित चमेलिया आयोजनाको छेउमा निर्मित बलाँच सबस्टेसनमा जोडिनेछ । जलविद्युत आयोजनाहरूको काम धमाधम भइरहे पनि कम्पनी आफूले निर्माण गर्ने प्रसारण लाइन भने आधाजसो नै बाँकी छ । यद्यपि, असार दोस्रो सातासम्म सबै काम पूरा गरेर विद्युत प्रवाह गर्न सकिने श्रेष्ठले बताए ।

३ वटै आयोजनाबाट २०७८ सालको चैतभित्रै विद्युत उत्पादन गर्ने तालिका रहे पनि भौगोलिक विकटता, बाढीपहिरो, केही स्थानीय समस्या, कोरोना महामारी (कोभिड–१९) को असर जस्ता कारणले विद्यु उत्पादन गर्नुपर्ने अवधि लम्बिरहेको छ । शैक्षिक क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरू संलग्न रहेका कम्पनीले यी आयोजनाहरू प्रवर्द्धन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit