विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजना यतिबेलासम्ममा सम्पन्न भई सञ्चालनमा आइसक्नु पर्ने हो । पहिलाे तालिका अनुसार आयोजना २०७४ जेठभित्र विद्युत उत्पादन हुनुपर्ने थियाे । तर, पहिलो तालिका प्रभावित भएपछि पटक–पटक थपिएको म्याद सकिँदा पनि आयोजना अझै पूरा हुन सकेको छैन ।

आजको मितिसम्म आइपूग्दा विद्युत उत्पादनका लागि निर्धारित पहिलो तालिका प्रभावित भएको पनि ४ वर्ष बितिसकेको छ । निर्माण सुरु भएको ७ वर्षमा सिभिल ठेकेदारले बल्ल तल्ल ६५ प्रतिशत हाराहारीमा काम सम्पन्न गरेको छ । 

स्थानीय अवरोध, भूकम्प, बाढी, पहिरो, ठेकेदार विवादलगायत कारण आयोजनाको निर्माणले गति लिन नसकेको देखिन्छ । चिनियाँ ठेकेदारकाे लापरबाही तथा  प्रवर्द्धकसँगकाे विवादले पनि आयोजनाको निर्माण प्रभावित हुन पुग्यो ।

पछिल्लो पटक कोरोना (कोभिड–१९) महामारीको प्रभाव समेत यो आयोजनामा परेको छ । काेराेना महामारीकाे पहिलाे लहरमा झण्डै १ वर्ष निर्माण ठप्प जस्तै भएको आयोजनामा ठेकेदार परिचालन हुँदै गर्दा फेरि दोस्रो लहर सुरु भयो । दोस्रो लहरमा पनि ३ महिना बढी समय आयोजनाको निर्माण बन्द हुन पुग्यो ।

निशेधाज्ञा खुकुलो भएपछि आयोजनाको निर्माण भर्खरै सुचारु भएको प्रवद्र्धक मध्यभोटेकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले बताए । उनका अनुसार आयोजनाको बाँध र विद्युतगृहमा काम सुरु भएको छ ।

‘बर्खामा सधैं जसो आयोजनाको निर्माण सुस्त नै हुने गर्दछ,’उनले ऊर्जा खबरसँग भने, ‘हामीले निशेधाज्ञा खुकुलो भएपछि बाँध र विद्युतगृहमा निर्माण सुचारु गरेका छौं । मुख्य सुरुङमा काम सुरु भइसकेको छैन ।’ उनले चिनियाँ ठेकेदार कम्पनीका कामदार फर्किनसकेकाले मुख्य सुरुङमा काम सुरु हुन नसकेको बताए ।

बाँधमा करिब ५० प्रतिशत निर्माण सकिएको छ । भोटेकोसी नदीमा आउने बाढीले विगत वर्षहरूमा बाँधमा क्षति पुर्याए पनि यो वर्ष बाढीको असर नदेखिएको सिवाकोटीले बताए । 

ठेकेदारले सह–ठेकेदार र कामदार बोलाइरहेकाले चाँडै सुरुङको काम पनि सुरु हुने उनले बताए । उनले आउने सातासम्ममा आयोजनाको निर्माणलाई गति दिने बताए ।

७ किलोमिटर लामो मुख्य सुरुङ छेडिन अब ४०० मिटर मात्रै बाँकी छ । ठेकदार काममा परिचालन भएपछि मात्रै सुरुङ पूरा हुने समय यकिन गरेर भन्न सकिने उनले बताए । मुख्य सुरुङ पूरा भएपछि लाइनिङको काम हुनेछ ।

कोभिड–१९ को असरले आयोजनाको निर्माण डेढ वर्षसम्म प्रभावित भएकाले विद्युत उत्पादन अवधि पनि धकेलिएको कम्पीनले जनाएको छ । अब बिना अवरोध काम हुने हो भने २०७९ पुसभित्र विद्युत उत्पादन गर्न सकिने कम्पनीको दाबी छ ।

निर्माण अवधि लम्बिए पनि इपिसि (इन्जिनियरिङ, खरिद तथा निर्माण) मोडलमा ठेक्का सम्झौता भएकाले लागत धेरै नबढ्ने सिवाकोटीले दाबी गरे । 
ठेकेदारले दाबी गरिरहेको भए पनि निर्माण सम्पन्न नहुुन्जेल कम्पनीले लागत नथप्ने उनले बताए ।

१२ अर्ब २८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाईमा निर्माण भइरहेको आयोजनामा नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोकका चार इन्भेष्टमेन्ट कम्पनी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, सिन्धुपाल्चोकबासी र सर्वसाधारणको लगानी छ ।

आयोजना पूरा भएपछि वार्षिक ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुनेछ । आयोजनाले विद्युत बिक्रीबाट वार्षिक २ अर्ब ९० करोड ४३ लाख रुपैयाँ आम्दानी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit